• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

आफन्तलाई जागिर नदिएको भन्दै यी मन्त्रीले सचिवलाई हाने झापड, सभामुख हेरेको हेरै



जनकपुर । आफ्नो आफन्तलाई जागिर नदिएको भन्दै मन्त्रीले सचिवमाथि झापड हानेका छन् ।

गरीबी निवारण कोषको कार्यक्रम आफन्तलाई जागिर नदिएको भन्दै प्रदेश दुईका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मन्त्रालयका सचिवलाई कुटपिट गरेका छन् ।

मन्त्री यादवले मन्त्रालयमा कुराकानी गर्न उपस्थित भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई झापड हानेका हुन् ।

सचिवलाई मन्त्रीले झापड हान्दा प्रदेश दुईका सभामुख सरोज यादव पनि मन्त्रिको कार्यकक्षमै उपस्थित थिए ।

झापड खाएपछि सचिव झालाई प्रहरी निरीक्षक बडाबाबु शाहको साथमा जिम्मा लागाउदै भ्यानमा राखेर लगेका थिए ।

तर, मन्त्री यादवले भने आफूले सचिव झालाई नकुटेको दाबी गरेका छन् ।