१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्वपीडित सुरक्षाकर्मीको धर्ना



अ+ अ-

काठमाडौँ । द्वन्द्वपीडित सुरक्षाकर्मीले विभिन्न माग राखेर आज माइती घर मण्डलामा धर्ना दिएका छन् ।

द्वन्द्वपीडित सुरक्षाकर्मीले आफ्ना माग प्रहरी र सैनिक ऐनमार्फत सम्बोधन गर्नुपर्ने, बेपत्ता मृतक सुरक्षाकर्मीका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई रोजगारी सुनिश्चित गर्नुपर्नेलगायतका माग गर्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घको नेतृत्वमा धर्ना दिएका हुन् ।

सङ्घका अध्यक्ष हेमकुमारी घर्तीले अशक्त सुरक्षाकर्मीको उपचारको व्यवस्था गर्नुपर्ने र द्वन्द्वपीडित सुरक्षाकर्मीको सन्ततिलाई रोजगारीको सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो । द्वन्द्वपीडित सुरक्षाकर्मीले द्वन्द्वपीडित परिचयपत्रको वर्गीकरण गरी ‘क’ वर्गको परिचयपत्र दिनुपर्ने र शहीद घोषणा गर्नुपर्नेसमेत माग गर्दै आएका छन ।