• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

द्वन्द्वपीडित सुरक्षाकर्मीको धर्ना



काठमाडौँ । द्वन्द्वपीडित सुरक्षाकर्मीले विभिन्न माग राखेर आज माइती घर मण्डलामा धर्ना दिएका छन् ।

द्वन्द्वपीडित सुरक्षाकर्मीले आफ्ना माग प्रहरी र सैनिक ऐनमार्फत सम्बोधन गर्नुपर्ने, बेपत्ता मृतक सुरक्षाकर्मीका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई रोजगारी सुनिश्चित गर्नुपर्नेलगायतका माग गर्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घको नेतृत्वमा धर्ना दिएका हुन् ।

सङ्घका अध्यक्ष हेमकुमारी घर्तीले अशक्त सुरक्षाकर्मीको उपचारको व्यवस्था गर्नुपर्ने र द्वन्द्वपीडित सुरक्षाकर्मीको सन्ततिलाई रोजगारीको सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो । द्वन्द्वपीडित सुरक्षाकर्मीले द्वन्द्वपीडित परिचयपत्रको वर्गीकरण गरी ‘क’ वर्गको परिचयपत्र दिनुपर्ने र शहीद घोषणा गर्नुपर्नेसमेत माग गर्दै आएका छन ।