७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यि ह्याकर जसले पूरा देशको इन्टरनेट बन्द गरिदिए



अ+ अ-

बेलायत । साइबर हमला गरेर पूरै लाइबेरियालाई अफलाइन बनाउने बेलायती ह्याकरलाई तीन वर्षको सजाय सुनाइएको छ ।

ड्यानियल कायलले लाइबेरियाको दुरसञ्चार सेवा प्रदायक कम्पनी लोनस्टारमाथि सन् २०१५ को अक्टोबरमा शृङ्खलाबद्ध साइबर हमला गरेका थिए ।

यसको कारण सन् २०१६ मा पश्चिमी अफ्रिकी मुलुक इन्टरनेटविहीन बन्न पुगेको थियो ।

बेलायतको राष्ट्रिय अपराध एजेन्सीले एक वक्तव्य जारी गर्दै ३० वर्षीय कायललाई प्रतिद्वन्द्वी कम्पनी सेलकमले प्रयोग गरेको जनाएको छ । सेलकमले भने यसमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेको छ ।

कायललाई शुक्रबार लण्डन ब्लाकफेयरर्स क्राउन कोर्टले दुई वर्ष आठ महिना जेल सजया सुनाएको थियो ।

साइप्रसमा बसेर कायलले बटनेटको प्रयोग गरेर लोनस्टारबिरुद्ध निरन्तररुपमा डिस्ट्रीब्युटेड डिनायल अफ सर्भिस ९डीडीओएस० रिक्वेस्ट पठाएका थिए । जसले गर्दा कम्पनीले उक्त समस्या समाधान गर्न करिब ६ लाख डलर खर्च गर्नुपरेको थियो ।

सेवा अवरुद्ध भएपछि कम्पनीले उपभोक्ताबाट हुने आयमा पनि करोडौँ डलरको नोक्सानी बेहोर्नु परेको थियो ।

सन् २०१७ को फेब्रुअरीमा पक्राउ परेपछि कायललाई जर्मनी सुपुर्दगी गरिएको थियो । त्यहाँ उनले ड्युटस्चे टेलिकममा साइबर हमला गरेको पनि स्वीकार गरेका थिए । सन् २०१६ को नोभेम्बरमा गरेको उक्त हमलामा १० लाखभन्दा बढी प्रयोगकर्ता प्रभावित भएका थिए ।

उनी गत डिसेम्बरमा बेलायतमा पुनः पक्राउ परेका थिए ।