३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

यि ह्याकर जसले पूरा देशको इन्टरनेट बन्द गरिदिए

यि ह्याकर जसले पूरा देशको इन्टरनेट बन्द गरिदिए
अ+ अ-

बेलायत । साइबर हमला गरेर पूरै लाइबेरियालाई अफलाइन बनाउने बेलायती ह्याकरलाई तीन वर्षको सजाय सुनाइएको छ ।

ड्यानियल कायलले लाइबेरियाको दुरसञ्चार सेवा प्रदायक कम्पनी लोनस्टारमाथि सन् २०१५ को अक्टोबरमा शृङ्खलाबद्ध साइबर हमला गरेका थिए ।

यसको कारण सन् २०१६ मा पश्चिमी अफ्रिकी मुलुक इन्टरनेटविहीन बन्न पुगेको थियो ।

बेलायतको राष्ट्रिय अपराध एजेन्सीले एक वक्तव्य जारी गर्दै ३० वर्षीय कायललाई प्रतिद्वन्द्वी कम्पनी सेलकमले प्रयोग गरेको जनाएको छ । सेलकमले भने यसमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेको छ ।

कायललाई शुक्रबार लण्डन ब्लाकफेयरर्स क्राउन कोर्टले दुई वर्ष आठ महिना जेल सजया सुनाएको थियो ।

साइप्रसमा बसेर कायलले बटनेटको प्रयोग गरेर लोनस्टारबिरुद्ध निरन्तररुपमा डिस्ट्रीब्युटेड डिनायल अफ सर्भिस ९डीडीओएस० रिक्वेस्ट पठाएका थिए । जसले गर्दा कम्पनीले उक्त समस्या समाधान गर्न करिब ६ लाख डलर खर्च गर्नुपरेको थियो ।

सेवा अवरुद्ध भएपछि कम्पनीले उपभोक्ताबाट हुने आयमा पनि करोडौँ डलरको नोक्सानी बेहोर्नु परेको थियो ।

सन् २०१७ को फेब्रुअरीमा पक्राउ परेपछि कायललाई जर्मनी सुपुर्दगी गरिएको थियो । त्यहाँ उनले ड्युटस्चे टेलिकममा साइबर हमला गरेको पनि स्वीकार गरेका थिए । सन् २०१६ को नोभेम्बरमा गरेको उक्त हमलामा १० लाखभन्दा बढी प्रयोगकर्ता प्रभावित भएका थिए ।

उनी गत डिसेम्बरमा बेलायतमा पुनः पक्राउ परेका थिए ।