• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन ★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना ★   कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु ★   भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या ★   रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी ★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध

संसदमा चिकित्सा शिक्षा विधेयक, सहमति नगरे काँग्रेसले अवरोध गर्ने



काठमाडौं।  लामो समयदेखि प्रतीक्षा गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरी संसदीय समितिले आइतबार संसद्मा प्रतिवेदनसहितको विधेयक पेस गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने आफूसँग छलफल र सहमति नगरी संसद्बाट पारित गर्न खोजे बैठक अवरोध गर्ने जनाएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसम्बन्धी संसद्को शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन आइतबार प्रतिनिधिसभामा पेस भएको हो । समिति सभापति जयपुरी घर्तीले पेस गरेको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै काग्रेस सांसदहरुले आफूहरुसँग छलफल नै नगरी गोविन्द केसीको मागलाई बेवास्था गरिएको बताएका छन् । संसद्को गत १३ भदौको बैठकले चिकित्सा शिक्षा विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको थियो । समितिले ११ असोजमा विधेयकमाथि परेका संशोधन र सरोकारवालासँग छलफल गरी प्रतिवेदन पेस गर्न १० सदस्यीय उपसमिति गठन गरेको थियो ।

उपसमितिले १५ वटा बैठक गरी शिक्षा तथा विज्ञान प्रविधिमन्त्री, संशोधन पेस गर्ने सांसद र विज्ञसँगसमेत छलफल गरी २३ पुसमा समितिलाई प्रतिवेदन बुझाएको थियो । त्यसपछि सो प्रतिवेदनलाई २५ पुसमा शिक्षा तथा स्वास्थ्य समितिको बैठकले बहुमतले पारित गरेको थियो । समितिबाट पारित भएको विधेयक सरकारले आफूसँग गरेको सहमतिविपरीत भएको भन्दै सोही दिनदेखि डा. केसी इलाममा अनशनरत छन् । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले आफ्नो पार्टीसँग सहमति गरेर मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गराउन सरकारलाई आग्रह गरेका छन् । राजधानी दैनिकमा यो समाचार छ ।