७ असार २०८३, आईतवार
,
Latest
दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन दुर्व्यवहारको आरोप लागेका हिरानीले मुख खोले,के भने त ?



अ+ अ-

बलिउडमा ‘मि टू’को प्रकरण हाबी छ । केहि समय अगाडि चर्किएको यो अभियान विचमा सिथिल बनेको थियो । अब, फेरि यो प्रकरण चर्किज थालेको छ । आइतबार बलिउडका सफल निर्देशक राजकुमार हिरानीमाथि उनीसँगै काम गरेकी एक महिला सहकर्मीले यौन दुर्व्यवहारको आरोप लगाएपछि सिंगो बलिउड नै अचम्ममा परेको छ ।

चलचित्र ‘सञ्जु’मा हिरानीसँगै काम गरेकी एक महिलाले आफूमाथि हिरानीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । उनले, हिरानीले पठाएको इमेल समेत हिरानीका साथीहरुलाई पठाएकी छिन् । आफ्नो बुबा बिरामी परेकाले आफूलाई जागिरको खाँचो भएको भन्दै उनले हिरानीले दुर्व्यवहार गरेपनि आफूले काम गरेको खुलाएकी छिन् ।

आफूमाथि यस्तो आरोप लागेपछि बलिउडका सबैभन्दा सफल निर्देशक हिरानीले मुख खोलेका छन् । उनले, यो झुटो आरोप भएको भन्दै खण्डन गरेका छन् । हिरानीको प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ–‘म यो खबर सुनेर अचम्मित भएको छु । चलचित्र रिलिज भएको केही महिनापछि यो कुरा बाहिरिनु आफैमा अचम्मलाग्दो कुरा हो । यो मेरो लोकप्रियतालाई कमजोर बनाउनका लागि चालिएको कदम हो । म निकै कठोरताका साथ भन्न चाहन्छु कि यो गलत कदम मेरो लोकप्रियतालाई बदनाम गर्न चालिएको एउटा दुर्भाग्यपूर्ण कदम मात्र हो ।’

बलिउडमा राजकुमार हिरानीले केही ब्लकबस्टर चलचित्र दिएका छन् । ‘मुन्ना भाई सिरिज, थ्रि इडियट्स, पीके, सञ्जु’ जस्ता चलचित्रका निर्देशकको यो खबरले अहिले बलिउडलाई नै तरंगित बनाइदिएको छ । एजेन्सी