२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन दुर्व्यवहारको आरोप लागेका हिरानीले मुख खोले,के भने त ?



अ+ अ-

बलिउडमा ‘मि टू’को प्रकरण हाबी छ । केहि समय अगाडि चर्किएको यो अभियान विचमा सिथिल बनेको थियो । अब, फेरि यो प्रकरण चर्किज थालेको छ । आइतबार बलिउडका सफल निर्देशक राजकुमार हिरानीमाथि उनीसँगै काम गरेकी एक महिला सहकर्मीले यौन दुर्व्यवहारको आरोप लगाएपछि सिंगो बलिउड नै अचम्ममा परेको छ ।

चलचित्र ‘सञ्जु’मा हिरानीसँगै काम गरेकी एक महिलाले आफूमाथि हिरानीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । उनले, हिरानीले पठाएको इमेल समेत हिरानीका साथीहरुलाई पठाएकी छिन् । आफ्नो बुबा बिरामी परेकाले आफूलाई जागिरको खाँचो भएको भन्दै उनले हिरानीले दुर्व्यवहार गरेपनि आफूले काम गरेको खुलाएकी छिन् ।

आफूमाथि यस्तो आरोप लागेपछि बलिउडका सबैभन्दा सफल निर्देशक हिरानीले मुख खोलेका छन् । उनले, यो झुटो आरोप भएको भन्दै खण्डन गरेका छन् । हिरानीको प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ–‘म यो खबर सुनेर अचम्मित भएको छु । चलचित्र रिलिज भएको केही महिनापछि यो कुरा बाहिरिनु आफैमा अचम्मलाग्दो कुरा हो । यो मेरो लोकप्रियतालाई कमजोर बनाउनका लागि चालिएको कदम हो । म निकै कठोरताका साथ भन्न चाहन्छु कि यो गलत कदम मेरो लोकप्रियतालाई बदनाम गर्न चालिएको एउटा दुर्भाग्यपूर्ण कदम मात्र हो ।’

बलिउडमा राजकुमार हिरानीले केही ब्लकबस्टर चलचित्र दिएका छन् । ‘मुन्ना भाई सिरिज, थ्रि इडियट्स, पीके, सञ्जु’ जस्ता चलचित्रका निर्देशकको यो खबरले अहिले बलिउडलाई नै तरंगित बनाइदिएको छ । एजेन्सी