३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य दीपक बोहराले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सामाजिक संञ्जाल मार्फत बोहोराले पार्टीको स्थापनाकालदेखिको संघर्ष र अप्ठ्यारो परिस्थितिमा खेलेको भूमिकालाई आधार बनाएर उम्मेदवारी दिने निर्णय गरेको जानकारी गराउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

नमस्ते।

म दीपक बोहरा, राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्य।

आज म हामीले सँगै हिँडेको यात्राको सम्झना गर्न चाहन्छु ।

हामीले बोकेको वैकल्पिक राजनीतिको झन्डालाई कतिले जिस्काए, कतिले होच्याए । कतिले यसलाई केही महिनाको रहर भने । तर हामी डगमगाएनौँ।

संसद र सरकारमात्र होइन, न्यायपालिकाले समेत अन्याय गर्यो, सभापति रवि लामिछानेलाई । राजनीतिक प्रतिशोध साँधेर वर्षौँ जेलमा कोच्ने प्रयास भयो । विधिका सबै ढोकामा षड्यन्त्रको ताला लागेका बेला पनि हामीले मैदान छाड्नौं । हामी जनताको अदालतमा गयौं । मैले ४० लाख हस्ताक्षर संकलन अभियानको नेतृत्व गर्ने अवसर पाएँ। त्यो अभियानकुनै व्यक्तिलाई होइन, न्यायलाई नै न्याय दिने अभियान थियो ।

मलाई अझै सम्झना छ, सभापति अप्ठ्यारोमा रहेका बेला मैले भनेको थिएँ— जहाँ जहाँ घण्टीका उम्मेदवार छन्, त्यहाँ त्यहाँ जिताउने जिम्मा हाम्रो हो।

साथीहरू,

हामीले चुनाव जित्यौँ। जनताको मन जित्यौँ। तर अबको चुनौती अझ ठूलो छ। जनताले हामीमाथि राखेको विश्वास जोगाउनुपर्नेछ। नेतृत्वलाई सही बाटोमा हिँड्न प्रेरित गर्नुपर्नेछ। गलत हुँदा सच्याउनुपर्नेछ। सही हुँदा साथ दिनुपर्नेछ।

महाधिवेशन प्रतिनिधिज्यूहरू,

यदि तपाईंलाई लाग्छ कि संघर्षका कठिन दिनहरूमा तपाईंहरूसँगै उभिएको एउटा साथी केन्द्रीय समितिमा पुग्नुपर्छ, यदि तपाईंलाई लाग्छ कि पार्टीलाई अझ जनमुखी, अझ उत्तरदायी बनाउन मेरो भूमिका उपयोगी हुन सक्छ, भने मलाई आफ्नो अमूल्य मत दिनुहोस्।
तपाईंको एक मत केवल दीपक बोहराका लागि होइन, संघर्षलाई सम्मान गर्ने, कार्यकर्ताको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पका लागि हुनेछ।

धन्यवाद।
जय घण्टी। जय राष्ट्रिय स्वतन्त्र पार्टी।