४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने

रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने
अ+ अ-

काठमाडौं  । युवा तथा मानवअधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय रूपमा काम गर्दै आएका राहुल केसीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। विशेष गरी लुम्बिनी प्रदेशको भूगोलबाट उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने चर्चा पार्टीभित्र र बाहिर दुवैतर्फ छ।

केसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा सशक्तीकरण, मानवअधिकार, सामाजिक न्याय तथा नागरिक सहभागिताका विषयमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। विभिन्न अभियान, तालिम, संवाद तथा अधिकारमुखी कार्यक्रममार्फत उनले युवाको नेतृत्व विकास, समावेशी सहभागिता र लोकतान्त्रिक मूल्यको प्रवर्द्धनमा निरन्तर भूमिका निर्वाह गर्नुभएको छ। यही अनुभव र योगदानका कारण उनलाई नीतिगत तहमा पनि प्रभावकारी भूमिका खेल्न सक्ने व्यक्तित्वका रूपमा हेरिएको छ।

रास्वपाभित्रका धेरै कर्मठ युवा कार्यकर्ताहरूले पार्टीलाई अझ अधिकारमुखी, समावेशी र उत्तरदायी बनाउन राहुल केसीजस्ता व्यक्तिको आवश्यकता रहेको जिकिर गरिरहेका छन्। उनीहरूको बुझाइमा राजनीति केवल सत्ता प्राप्तिको माध्यम मात्र नभई नागरिकका अधिकार सुनिश्चित गर्ने र राज्यलाई जवाफदेही बनाउने प्रक्रिया पनि हो। त्यसैले मानवअधिकार र सुशासनको क्षेत्रमा अनुभव बटुलेका व्यक्तित्वको नेतृत्व तहमा उपस्थिति पार्टीका लागि थप बलियो आधार बन्न सक्छ।

विशेष गरी पछिल्लो समय नेपालमा अधिकारमा आधारित विकासको बहस बढिरहेको सन्दर्भमा केसीको अनुभव महत्वपूर्ण मानिएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा तथा अवसरको समान पहुँचलाई अधिकारका रूपमा स्थापित गर्नुपर्ने विषयमा उनले निरन्तर वकालत गर्दै आएका छन् । यसले रास्वपाले अघि सारेको सुशासन, पारदर्शिता र नागरिक केन्द्रित राजनीतिको अवधारणालाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सक्षम, अध्ययनशील र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वको रूपमा केसीलाई हेर्नेहरूको संख्या पनि बढ्दो छ। युवाका सवाल, मानवअधिकारका मुद्दा र लोकतान्त्रिक अभ्यासका विषयमा उनको स्पष्ट दृष्टिकोणले पार्टीभित्र नयाँ ऊर्जा थप्न सक्ने विश्वास समर्थकहरूको छ।

यद्यपि उम्मेदवारी सम्बन्धी अन्तिम निर्णय र औपचारिक प्रक्रिया पार्टीको आन्तरिक व्यवस्थाअनुसार हुने नै छ। तर, पार्टीभित्र उठिरहेको बहस र युवाहरूको अपेक्षालाई हेर्दा केसीलाई रास्वपाको भावी नेतृत्वको एक सम्भावनाशील अनुहारका रूपमा हेरिन थालेको स्पष्ट देखिन्छ। अधिकारमुखी राजनीति, युवा नेतृत्वको विकास र नागरिक केन्द्रित शासन व्यवस्थालाई सुदृढ बनाउन उनको भूमिका प्रभावकारी हुन सक्ने विश्वास धेरै रास्वपा समर्थक तथा युवा कार्यकर्ताहरूले व्यक्त गरिरहेका छन्।