११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा थन्किएका सयौ गाडी प्रयोगमा ल्याइने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र लामो समयदेखि थन्किएका करिब २ सय गाडीको उपयोग गर्ने भएको छ। ती गाडीलाई प्रदेश, स्थानीय तह तथा सीसीभीटीलगायतका निकायमा पठाइने गृहकार्य अघि बढाइएको हो।

प्रधानमन्त्री कार्यालयले अब सिंहदरबारभित्र पुराना गाडी डम्प गरेर राख्न निषेध गरेको छ। मर्मत गरेर प्रयोग गर्न मिल्नेलाई प्रयोग गर्ने र नमिल्नेलाई तत्काल लिलाम गर्नसमेत प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई निर्देशन दिएको छ।

यस्तै प्रावधान देशभरका सरकारी निकायमा समेत लागू गरिने भएको छ। प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयमा डम्प गरेर राखिएका र मर्मत गर्न नमिल्ने गाडीलाई क्रेन लगाएर हटाउने अभियानसमेत थालेको छ। डम्प गरेर महिनौंसम्म गाडी राख्ने निकायलाई कारबाहीसमेत गरिने भएको छ।
सिंहदरबारभित्र विभिन्न मन्त्रालय र निकायमा अर्बौं मूल्यका झन्डै २५० गाडी लामो समयदेखि उपयोगविहीन अवस्थामा राखिँदै आएका छन्। कतिपय मर्मत गरेर चालू अवस्थामा आउन सक्ने खालका छन् भने कतिपय गाडी कवाडीमा बिक्री गर्नुपर्ने अवस्थाका छन् भन्ने खबर राजधानी दैनिकमा छ।
मर्मत गरेर चलाउन सकिने झन्डै २ सय वटा गाडीको व्यवस्थापन गर्न थालिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए। कुँवरका अनुसार चालू अवस्थामा आउन सक्ने गाडीहरू छनोट गरी प्रदेश, स्थानीय तह तथा अन्य सरकारी निकायमा पठाउने क्रम थालिएको छ।