९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रधानमन्त्री ओलीविरुद्ध दिल्लीमा भयंकर षडयन्त्र, कांग्रेस महामन्त्री कोइराला पनि उतै

प्रधानमन्त्री ओलीविरुद्ध दिल्लीमा भयंकर षडयन्त्र, कांग्रेस महामन्त्री कोइराला पनि उतै
अ अ+ अ-

काठमाण्डौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको दुई तिहाईको कम्युनिष्ट सरकार गठन भएको झण्डै एक बर्ष पुग्न लागेको छ । प्रधानमन्त्री ओलीले विगतका प्रधानमन्त्रीभन्दा फरक ढंगबाट जनतालाई विकास र समृद्धिको सपना देखाउदै आएका छन् । सपना देख्नेले मात्र इच्छा र चाहानाहरू पूरा गर्नसक्छ भन्ने कथनलाई प्रधानमन्त्री केपी ओली चरितार्थ गर्न खोज्दैछन् । प्रधामन्त्रीको यस्तो सोचको जसरी प्रशंसा भइरहेको छ त्यसको ठीक उल्टो सरकारका मन्त्रीहरू धमाधम भ्रष्टाचारमा मुछिदैछन् ।सरकार गठन भएको एक बर्ष पुग्नलाग्दा जनचाहना अनुरुप खासै उपलब्धि देखिएन भनेर नेकपाबाटै आलोचना पनि हुन थालेको छ । प्रतिपक्षी दलहरूले त सरकारको खेदो खन्ने नै भए ।

आफ्नै पार्टी नेकपाबाट केपी ओली सरकारलाई असफलताको आरोप लगाउदै सत्ताबाट हटेको देख्न चाहनेहरू प्रकट भइरहेका बेला छिमेकी मुलुक भारतमा समेत ओली सरकारलाई चमडमेभन्दा चाडोभन्दा चाडो विस्थापित गर्न डीपी त्रिपाठी, श्यामशरण, टी हर्मिस र प्रणव मुर्खजीहरू जुर्मुराएको खबर नयाँ दिल्लीबाट प्रँप्त भएको छ । २०६२ मंसिर ७ गते तत्कालीन सात दल र नेकपा माओवादीबीच भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारीका सहयोगी भनेर नेपाली राजनीतिमा चिनिएका यी भारतीय पूर्व नोकरशाह तथा कूटनीतिज्ञहरूले २०७६ सालको असार साउनसम्ममा केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तयारी गरेको दिल्लीस्थित स्रोतले बताएको छ । नेपालको राजनीतिमा भारतको हस्तक्षेपकारी भूमिका खोज्ने डीपी त्रिपाठी, श्यामशरण, टी हर्मिस र प्रणव मुर्खजीहरूले दुइतिहाईको ओली सरकारले भारतको हितमा काम नगरेका भन्दै सरकारको नेतृत्व नै फेरीदिने चलखेल गरिरहेको स्रोतको दाबी छ ।

भारतमा मोदी नेतृत्वको भाजपाको सरकारले यी महाशयहरूको कुरा खासै नसुन्ने भएकाले यिनीहरूलाई नेपालमा सरकारको नेतृत्व परिवर्तन गराउनका लागि आगामी अप्रिलसम्म पर्खिनु पर्ने हुन्छ । अप्रिलमा हुने भारतको आम चुनावपछि भारतीय कांग्रेसको सरकार बन्ने र त्यही सरकारको दबाबमा नेपालमा प्रधानमन्त्री फेर्ने सपना यिनीहरूले देखेको समाचार स्रोतको भनाई छ ।भारतीय संस्थापन पक्षलाई नेपालमा हुने गरेका गतिविधिका बारेमा झकझकाउने र नेपालमा राजनीतिक उलटपलट गराउने मुख्य उद्देश्यय यी भारतीयहरूको पाल्दै आएको स्रोत बताउछ ।

नयाँ दिल्लीमा दैनिक जसो आयोजना हुने कथित ‘थिङट्याङ्क’ मिटिङहरूमा नेपालका जानकारका रुपमा यिनीहरूले नेपालमा चिनियालगायत बाह्य शक्तिको प्रभाव कम गर्नुपर्ने कुरा खुलेआम बोल्दै आएको नयाँ दिल्लीस्थित साँघु स्रँेतले बताएको छ ।यसै सन्दर्भमा काठमाण्डौमा सरकारी गाडी ड्राइभर र सुरक्षाकर्मीहरू सरकारले खोसेर एक्लो बनाइदिएपछि सर्लाहीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह रन्थनिएर नयाँ दिल्ली पुगेको संसद सचिवालय स्रोत बताउछ । उनले पनि केपी ओली सरकारको विरुद्धमा नानाभाँतिका कुरा आफ्ना भारतीय गुरुहरूलाई लगाइरहेको नयाँ दिल्लीस्थित राजदूतावास स्रोतले बतायो ।

यसैगरी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला पनि यति बेला नयाँ दिल्ली दौडमा छन् । कोइरालाले पनि नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्रर मोदीसंग भेटघाट गर्नुका साथै उच्च तहका नेताहरूसंग भेटघाट गर्ने कोसिस गरिरहेको बताइएको छ । साँघु साप्ताहिकमा खबर छ ।