५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टर र नर्सको अपरेशन थिएटरमै रामलिला, भाइरल भिडियोले मच्चायो तहल्का (भिडियो सहित )



अ+ अ-

काठमाडौं। भारतको मध्यप्रदेशमा एक डाक्टरले सहकर्मी नर्सलाई किस गरिरहेको भिडियो भाइरल भएपछि डाक्टरलाई पदबाट बर्खास्त गरिएको छ । मध्यप्रदेश राज्यको उज्जैन जिल्लाको एक अस्पतालका ती डाक्टर सिभिल सर्जन भएको बताइएको छ । उनले अपरेशन थिएटरमा नर्सलाई किस गरिरहेका थिए । उनले नर्सलाई किस गरिरहेको भिडियो कसैले खिचेर भाइरल गरिदिएको थियो । भिडियो बाहिरिएपछि उनलाई पदबाट बर्खास्त गरिएको हो ।

ती सिभिल सर्जन र नर्सको चुम्बन गरिरहेको भिडियो सोसल मिडियामा भाइरल भएपछि उनीहरुलाई पदबाट हटाइनुपर्ने माग अत्यधिक बढेको भारतीय मिडिया आज तकले लेखेको छ । यसमा तत्काल कारवाही गर्दै उज्जेन जिल्लाका कलेक्टरले डाक्टरलाई पदबाट बर्खास्त गरेका छन् । ‘मैले उनलाई जिल्ला अस्पतालको सिभिल सर्जनको पदबाट हटाएको छु,’ कलेक्टर शशांश मिश्राले जानकारी दिए । ती सिभिल सर्जनको सट्टामा डा। पिएन वर्मालाई नियुक्त गरिएको उनले जानकारी दिए ।

अपरेशन थिएटरमा चुम्बन गरेको घटना सार्वजनिक भएपछि जिल्लाका मुख्य चिकित्सा एवं स्वास्थ्य अधिकारी डा। मोहन मालवीयले घटनालाई निकै गम्भीरतापूर्वक लिएको र यसको अनुसन्धानको आदेश दिइएको जानकारी दिए । जिल्ला स्वास्थ्य अधिकारी डा। मोहन मालवीयले भिडियोमा देखिएकी महिला अस्पतालकी नर्स भएको र उक्त चुम्बन अपरेशन थिएटरभित्र गरिएको उनले बताए । महिलासँग सोधपुछ भइरहेको बताइएको छ । भिडियो हेर्नुहोस्…………………

https://youtu.be/5spZ7BR1FKA