२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाज विकासका लागि सकारात्मक विचार बनाउनुपर्छ: उपराष्ट्रपति



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सामाजिक विभेदको अन्त्य गरी समतामूलक समाज निर्माणका लागि मानिसको सोच, चिन्तन र विचारलाई सकारात्मक बनाउनुपर्नेमा जोड दिनुभएको छ । स्वर्णिम युग फाउण्डेशनको शुभारम्भ तथा खेम शर्माद्वारा लिखित ‘स्वर्णिम रहस्य’ पुस्तक विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समाजमा सकारात्मक सोचको विकास आजको आवश्यकता हो भन्नुभयो ।

पछिल्लो समयमा देशले वा सरकारले केही गर्न सकेन, राजनीतिक परिवर्तन भयो तर नागरिकको अवस्था परिवर्तन हुन सकेन भनेर सरकारात्मक र नकारात्मक रुपमा प्रतिक्रियाहरु आइरहे पनि नकारात्मक टिप्पणी बढी हुने गरेको धारणा राख्दै उहाँले देशले के दियो भन्दा पनि मैले देशलाई के दिएँ भन्ने सोचको विकास जरुरी रहेको औँल्याउनुभयो ।

 विभेदरहित समाज निर्माणका लागि राजनीतिक परिवर्तन भएको स्मरण गर्दै उहाँले अझै चाहिएको कुरा प्राप्त गर्न नसकिएको स्वीकार पनि गर्नुभयो । आज सार्वजनिक किताबले आत्मानुशासन, पारदर्शिता र समाज विकासका गराउनका लागि उत्प्रेरणा दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

 उपराष्ट्रपति पुनले संविधानमा नै शिक्षालाई निःशुल्क गर्ने प्रावधान भए पनि व्यावहारिक रुपमा लागू हुन नसकेको र अझै थुप्रै बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेको बताउनुभयो । उपराष्ट्रपति पुनले समान शिक्षा हासिल गर्न हरेकले आआफ्नो क्षेत्रबाट पहल गर्नु जरुरी रहेको औँल्याउनुभयो । उहाँले त्यस्ता काममा देशभरका सहयोगी मनहरु जोडिने आशा व्यक्त गर्नुभयो ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्री बोधमायाकुमारी यादवले मुलुकको शैक्षिक विकासका लागि सबैको योगदान आवश्यक भएको बताउँदै यस्ता अभियानले सचेतना जनाउने विश्वास व्यक्त गर्नुभयो । फाउण्डेशनका अध्यक्ष मनऋषि धितालले समाजमा केही गरौँ भन्ने सोचका साथ संस्था स्थापना गरेको र यसमार्फत शैक्षिक एवं सामाजिक अभियान चलाउने जानकारी गराउनुभयो । पुस्तकका लेखक खेम शर्माले कोभिड–१९ सङ्क्रमणको समयको सदुपयोग गरी आपूmले सो पुस्तक तयार पारेको जानकारी गराउनुभयो । 

 उहाँले पारदर्शिताले मात्रै समाजको विकास हुन्छ भन्दै शैक्षिक एवं सामाजिक चेतना जागृत गराउन जरुरी छ भन्ने उद्देश्य आफूहरुको रहेको बताउनुभयो । उहाँले पुस्तक बिक्रीबाट आएको रकम पनि शिक्षाको विकासमा लगाउने जानकारी दिनुभयो । उहाँको पुस्तक स्वर्णिम रहस्यमा मानिसको कर्तव्य, सकारात्मक सोच, नैतिक शिक्षा, स्वास्थ्य तथा शिक्षासम्बन्धी विषय समेटिएका छन् । समारोहमा उपराष्ट्रपति पुनले उक्त संस्थाको वेब साइटको पनि उद्घाटन गर्नुभएको थियो ।