• १५ मंसिर २०८०, शुक्रबार
  •      Fri Dec 1 2023
  •   Unicode
Logo
Latest
★   रङ्गशाला निर्माणमा सबैको अपनत्व आवश्यक: रेनु दाहाल ★   टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश ★   भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणलाई छाड्न अस्वीकार ★   टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश ★   नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो: मन्त्री लिम्बू ★   पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव केसीलाई धरौटीमा छाड्न आदेश ★   टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश ★   शरणार्थी प्रकरणः टोपबहादुरलाई छाड्न अस्वीकार ★   संसदीय खुलापन कार्ययोजना बनाउने जिम्मा फिल्म निर्माण कम्पनीलाई: कार्ययोजनाबारे कुनै जानकारी छैन- संसद सचिवालय ★   केपी ओली कप क्रिकेटको उपाधि मधेश प्रदेशलाई

समाज विकासका लागि सकारात्मक विचार बनाउनुपर्छ: उपराष्ट्रपति



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सामाजिक विभेदको अन्त्य गरी समतामूलक समाज निर्माणका लागि मानिसको सोच, चिन्तन र विचारलाई सकारात्मक बनाउनुपर्नेमा जोड दिनुभएको छ । स्वर्णिम युग फाउण्डेशनको शुभारम्भ तथा खेम शर्माद्वारा लिखित ‘स्वर्णिम रहस्य’ पुस्तक विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समाजमा सकारात्मक सोचको विकास आजको आवश्यकता हो भन्नुभयो ।

पछिल्लो समयमा देशले वा सरकारले केही गर्न सकेन, राजनीतिक परिवर्तन भयो तर नागरिकको अवस्था परिवर्तन हुन सकेन भनेर सरकारात्मक र नकारात्मक रुपमा प्रतिक्रियाहरु आइरहे पनि नकारात्मक टिप्पणी बढी हुने गरेको धारणा राख्दै उहाँले देशले के दियो भन्दा पनि मैले देशलाई के दिएँ भन्ने सोचको विकास जरुरी रहेको औँल्याउनुभयो ।

 विभेदरहित समाज निर्माणका लागि राजनीतिक परिवर्तन भएको स्मरण गर्दै उहाँले अझै चाहिएको कुरा प्राप्त गर्न नसकिएको स्वीकार पनि गर्नुभयो । आज सार्वजनिक किताबले आत्मानुशासन, पारदर्शिता र समाज विकासका गराउनका लागि उत्प्रेरणा दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

 उपराष्ट्रपति पुनले संविधानमा नै शिक्षालाई निःशुल्क गर्ने प्रावधान भए पनि व्यावहारिक रुपमा लागू हुन नसकेको र अझै थुप्रै बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेको बताउनुभयो । उपराष्ट्रपति पुनले समान शिक्षा हासिल गर्न हरेकले आआफ्नो क्षेत्रबाट पहल गर्नु जरुरी रहेको औँल्याउनुभयो । उहाँले त्यस्ता काममा देशभरका सहयोगी मनहरु जोडिने आशा व्यक्त गर्नुभयो ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्री बोधमायाकुमारी यादवले मुलुकको शैक्षिक विकासका लागि सबैको योगदान आवश्यक भएको बताउँदै यस्ता अभियानले सचेतना जनाउने विश्वास व्यक्त गर्नुभयो । फाउण्डेशनका अध्यक्ष मनऋषि धितालले समाजमा केही गरौँ भन्ने सोचका साथ संस्था स्थापना गरेको र यसमार्फत शैक्षिक एवं सामाजिक अभियान चलाउने जानकारी गराउनुभयो । पुस्तकका लेखक खेम शर्माले कोभिड–१९ सङ्क्रमणको समयको सदुपयोग गरी आपूmले सो पुस्तक तयार पारेको जानकारी गराउनुभयो । 

 उहाँले पारदर्शिताले मात्रै समाजको विकास हुन्छ भन्दै शैक्षिक एवं सामाजिक चेतना जागृत गराउन जरुरी छ भन्ने उद्देश्य आफूहरुको रहेको बताउनुभयो । उहाँले पुस्तक बिक्रीबाट आएको रकम पनि शिक्षाको विकासमा लगाउने जानकारी दिनुभयो । उहाँको पुस्तक स्वर्णिम रहस्यमा मानिसको कर्तव्य, सकारात्मक सोच, नैतिक शिक्षा, स्वास्थ्य तथा शिक्षासम्बन्धी विषय समेटिएका छन् । समारोहमा उपराष्ट्रपति पुनले उक्त संस्थाको वेब साइटको पनि उद्घाटन गर्नुभएको थियो ।