• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

७३ हजार ४१ कर्मचारीले रोजे समायोजन, फारम भर्ने म्याद नथपिने



काठमाडौं । सरकारले संघ,प्रदेश र स्थानीय तहमा खटेर जाने कर्मचारी समायोजनको आवेदन खुल्ला गरेपछि ५९ हजार ७ सय ९८ जना कर्मचारीहरुले समायोजनमा जान इच्छुक रहेको देखाएका छन् । यसमा निजामती कर्मचारीको संख्या मात्र ५८ हजार रहेको मन्त्रालयले, बताएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका १ लाख ३८ हजार १७८ कर्मचारी मध्य संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्न लागेको हो ।

सरकारले २१ दिने म्याद राखेर गत पुस १३ गतेदेखि देखि माग १ गते अर्थात आज अन्तिम दिन बुधबार समायोजन फारम भर्ने मिति तोकेको थियो । अबको एक हप्तापछि समायोजन फारम भरेका कर्मचारीहरु मध्य माथिल्लो तहका कर्मचारीबाट समायोजन सुरु गर्ने जनाएको छ ।

मन्त्रालयका अनुसार माघ १ गते साढे १० बजे सम्म ५९ हजार ७ सय ९८ कर्मचारीहरुले फारम बुझाएका थिए र थप १४ हजार जना सिस्टममा इङ्गेज देखिएको छ । यो सबै हेर्दा ७३ हजार ४१ कर्मचारी समायोजनमा आएका छन् । सिस्टममा इङ्गेज भएकाहरुले लगइन गरेर आफ्नो विवरण भरिरहेको हुनसक्ने मन्त्रालयको अनुमान छ ।

७३ हजार कर्मचारी समायोजनमा आउनु भनेको करिब ८८ प्रतिशतले समायोजन रोजेको भएका कारण अब समायोजन फारम भर्न बाकी रहेका कर्मचारीहरुको आवेदन नलिईने मन्त्रालयले जनाएको छ ।