९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बलियो जनमत पाएको कमजोर सरकार र निरीह प्रतिपक्षका कारण राजनीतिक संरचना कमजोर भो : सिटौला

बलियो जनमत पाएको कमजोर सरकार र निरीह प्रतिपक्षका कारण राजनीतिक संरचना कमजोर भो : सिटौला
अ अ+ अ-

भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बलियो जनमत पाएको कमजोर सरकार र निरीह प्रतिपक्षका कारण देश र जनताले परिवर्तित राजनीतिक संरचनाबाट निराश हुनु पर्ने अवस्था आएको बताएका छन् ।

संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको पहिलो जन निर्वाचित सरकारले प्राप्त गरेको बलियो जनमतको सम्मान हुने उल्लेखनीय काम गर्न नसरकेर नेकपा सरकार कमजोर हुँदा जनता निराश भएको आरोप लगाउँदै नेता सिटौलाले भने काँग्रेसले पनि तीन तहको राज्य संयन्त्रमा पाएको प्रतिपक्षी भूमिकामा निरीहता प्रकट गर्दा परिवर्तित राजनीतिक संरचनाले देश र जनताको हित हुन नसकेको प्रष्ट पारेका हुन् ।

गृहनगर भद्रपुरमा रहेका नेता सिटौलाले प्रेस युनियन सम्बद्ध पत्रकारहरूसित आफ्नै निवास चन्द्रगढीमा कुराकानी गर्दै निर्वाचनका बेला केही गर्ने आशा पालेर विश्वास र भरोसाका साथ मतदानले भारी बहुमत पाएका केपी ओलीले राज्य सत्ता हात पारेपछि केही गर्न नसकेकोमा देश र जनताले संघीय लोकतान्त्रिक गणतन्त्रबाट निराश हुनु पर्ने दिन आएको धारणा राखे ।

उनले वि सं २०४६ को परिवर्तनपछि नेपाली काँग्रेसका तत्कालीन नेतृत्वले व्यवस्था अनुकुल काम गर्न नसक्दा दश वर्षे युद्धको नरसंहार व्यहोर्नु परेको स्मरण गर्दै वर्तमान सरकारले विगतको इतिहास बुझेर जनपक्षीय हुन नसके संघीयता, लोकतन्त्र र गणतन्त्र पनि धरापमा नपर्ला भन्न नसकिने प्रष्ट्याए ।


सरकारको कमजोरीप्रति प्रतिपक्षले खेल्नु पर्ने भूमिका नेपाली काँग्रेस नेतृत्वले अभिभावकत्व लिन नसक्दा नागरिकको आशा, भरोशा गर्ने ठाउँ नभेटिएको जनाउँदै नेता सिटौलाले संघीय संरचना अनुसार पार्टी रूपान्तरण गरी जनताका घरदैलोसम्म जागर अभियान चलाइनु पर्ने धारणा राखे ।

उनले राज्यको एउटा अंगका रूपमा रहेको वायु सेवा निगम डुबाउन भूमिका खेल्ने जो कोही पनि कार्वाहीको भागिदार हुनु पर्ने जनाए । नेपाली काँग्रेसको महासमिति भेलाले विमान घोटला काण्डका अभियुक्तमाथि कार्वाही गर्नु पर्ने आधिकारिक धारणा प्रस्तावका रूपमा पारित गरेको तर्क गर्दै सिटौलाले सरकारले भ्रष्टाचारमा संलग्न जोगाउन विभिन्न बाहनाबाजी गरिरहेकोमा आपत्ति समेत जनाए । पछिल्लो पटक काँग्रेस सभापतिमाथि विमान घोटलाको आरोप लागेको प्रति लक्षित गर्दै सिटौलाले दोष प्रमाणित गर्न सक्ने हो भने कार्वाही चलाउन सरकारलाई चुनौति समेत दिए ।

उनले परिवर्तित राजनीतिक संरचनाको संरक्षणका लागि नेपाली काँग्रेसले रूपान्तरणमा जान ढिलो गर्नु नहुने समेत जनाए । विधि र प्रकृया मिचेर सरकार अधिनायकवादको बाटोमा हिड्ने संकेत देखिएको भन्दै नेता सिटौलाले जनमत स्वेच्छाचारी प्रवृत्तिका लागि नभएकोले जनपक्षीय कामका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले देश र जनताको पक्षमा काम पनि गर्न नसक्ने तर हावादारी गफमा अलमल गरेर सरकारले एक वर्षे अवधि बिताएकोमा जनता निराश हुने प्रमुख कारण रहेको स्पष्ट पारे ।