५ श्रावण २०८३, मंगलवार
,
Latest
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांगेसमा कोइराला परिवार हावी हुँदै ! यस्तो रहेछ भित्री कुरा !



अ+ अ-

काठमाडौँ । ‘सुजाता र सशांकले साथ दिएको देखिएन । रामचन्द्र र शेरबहादुरले पनि सभापतिमा उठोस् भन्ने चाहेका छैनन् । सशांकले कुन पदमा उठ्ने भनेर शेरबहादुरसँग बार्गेनिङगरेजस्तो छ । यस्तो स्थितिमा तपाई उठ्छु, जित्छु भन्दै हुनुहुन्छ । कुरा कलिक मिल्दो भएन । कम्तिमा सशांक त तपाईसँग हुनुपर्यो नि !’ अघिल्लो शुक्रबार कञ्चनपुरस्थित पुराना नेता हिमराज तातेडको घरमा पुगेका शेखर कोइरालालाई कार्यकर्ताले यिनै प्रश्न सोधेर दिक्क लगाएपछि उनले मुख खोले, ‘कोही उठ्, उठेन, कसैले साथ दियो, दिएन भनेर हेर्दिन । तर, आउँदो महाधिवेशनमा म नेपाली कांग्रेसको सभापतिको उम्मेदवार हुँ ।’ यो समाचार जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

त्यसो त, यसअघि केन्द्रीय सदस्यमा उठ्दा सबभन्दा बढी मत ल्याउने उनै थिए । दोस्रो बढी मत खुमबहादुर खड्का र त्यसपछि विश्वप्रकाश शर्माहरुले ल्याए । शेखरको विश्लेषण थियो, ‘रामचन्द्रले शेरबहादुरलाई सक्दैनन् । तर, ‘रामचन्द्र जसरी शेरबहादुरले आफूलाई माइनस गरेका थिए, त्यसको बदला लिन चाहन्छन् । अहिलेसम्म उनले आफूलाई सेन्टरमा राखेर हेरिरेहका छन् । तर, रामचन्द्रबाट पार लाग्ने अवस्था छैन ।’

एकजना फोरमवालाले सोधे, संशाकको कुरा के हो ? शेखरले भने, तिमीले उसलाई नचिनेको हो र ? सशांक शेरबहादुरको बुई चढेर पार्टीको पोजिसनमा बसिरहने सोचाइमा छ । तर, त्यहाँबाट एकदिन फर्किन्छ ।’ उता, सुजतालाई क्यान्सरको कारण डाक्टरले घरबाट एक रात पनि कतै नजानु भनेका छन् । केही समयअघि कोइरालाका सन्तान एक ठाउँमा देखाउन उनले खानपिन आयोजना गरेका प्रचार भए पनि रोगले च्याप्दै जाँदा निकटस्थसँग बसेर खाने इच्छा मात्र राखेकी थिइन् । त्यसमा पनि राजनति भयो, कोइराला सन्तानको नाममा ।