१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिएण्डसी अस्पताल झापाका सञ्चालक दुर्गा प्रसाईंसँग नडराउन प्रेस युनियनको सुझाव



अ+ अ-

काठमाडौँ । नेपाल प्रेस युनियनले बिएण्डसी अस्पताल बिर्तामोड, झापाका सञ्चालक दुर्गा प्रसाईंले नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लव भट्टराईलगायत जिल्लामा कार्यरत अन्य सञ्चारकर्मीलाई टेलिफोनमार्फत अपशब्द बोल्दै गालीगलौज गरेको तथा धम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै इलाममा अनशनरत डा गोविन्द केसीलाई भेट्न चैतन्य मैनाली इलाम आएको बारेमा सञ्चालक प्रसाईंसँग बुझ्न खोज्दा ‘जे गर्छौ गर, तिमीहरूले गर्दा केही बिग्रिँदैन’ भनी प्रतिउत्तर दिनु प्रेसमाथिकै अपमान भएको युनियनको ठहर रहेको महासचिव अजयबाबु सिवाकोटीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

समाचारप्रति असन्तुष्टि रहे कानूनी उपचारको बाटो हुँदाहुँदै प्रसाईंको अभिव्यक्ति सिङ्गो प्रेसमाथिको धावा हो भन्दै युनियनले यस्तो व्यवहार प्रदर्शन गर्ने सञ्चालक प्रसाईंमाथि आवश्यक कारवाहीका लागि सरकार समक्ष माग गरेको छ । साथै युनियनले सञ्चारकर्मीलाई निर्वाध र भयरहितरूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण मिलाउन र सञ्चारकर्मीको भौतिक सुरक्षा गर्नसमेत माग गरेको छ ।




भर्खरै