२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलपुर हत्या प्रकरण: बर्दियाबाट थप एक युवक पक्राउ, घाँटी रेटेर हत्या गरेको भिडियो मोबाइलमा कैद



अ+ अ-

नेपालगन्ज । गत शनिबार कोहलपुरको नयाँ बसपार्क नजिक घाँटी रेटेर हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालयबाट बर्दियाबाट खटिएको टोलिले केही बेर अगाडि मात्रै एक युवकलाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार मंगलबार सुर्खेतबाट पक्राउ परेका युवकले दिएको सुचनाको आधारमा अर्का युवकलाई पक्राउ गरेको हो ।

प्रहरीको अनुसार शनिबार घाँटी रेटेर हत्या गरिएको युवकको भिडियो बर्दियाबाट पक्राउ परेका युवकको मोबाइलमा कैद भएका कारण अनुसन्धानको निम्ति भन्दै पक्राउ गरिएको हो ।

नयाँ बसपार्क नजिक शनिबार बिहान सिम्ता गाउँपालिका ४ सुर्खेतका २१ बर्षिय दिपक सिंह ठकुरीको हत्या गरिएको अवस्थामा शव फेला परेका थियो ।