२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिव कुटपिट घटनाको यथार्थ सार्वजनिक गर्न कांग्रेसको माग



अ+ अ-

जनकपुरधाम । पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गरेका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सचिवलाई कुटपिट गर्नु गैरकानूनी कार्य भएको बताएका छन् ।

पूर्वमन्त्री जोशीले यस्ता गलत कार्यले लोकतन्त्र र सङ्घीयताको भविष्यमाथि नै प्रश्नचिह्न लगाउने बताउँदै पूर्वमन्त्री जोशीले संविधानले दिएको स्वाभिमानको निश्चितता र सुरक्षाको जिम्मेवारी बहन सबैले गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस धनुषा जिल्ला सभापति महेशशङ्कर गिरीले प्रदेशका मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको आफ्नो पार्टीले भत्र्सना गर्ने बताउँदै त्यस्ता मन्त्रीलाई तुरुन्त बर्खास्त गरिनुपर्ने माग गरेका छन् ।