१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह



अ+ अ-

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच कुटनीतिक विवाद चुलिएको छ ।

क्यानाडाले चीनमा आफ्ना नागरिकमाथि बिना कसुर, एकपक्षीय कानुनी कारबाही गरेको आरोप लगाएको छ । चीन भ्रमण गर्नुअघि सावधानी अपनाउन पनि क्यानाडाले आफ्ना नागरिकलाई अनुरोध गरेको छ ।

चीनको एक अदालतले यसअघि दिइएको १५ वर्षको जेल सजायमा वृद्धि गरी गत सोमबार ३६ वर्षीय रोबर्ट लोयड सेलेन्बर्गलाई मृत्युदण्डको सजाय दिएको थियो ।

गत वर्षको डिसेम्बरमा चिनीया टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओलाई अमेरिकी अनुरोधमा क्यानाडाले पक्राउ गरेपछि दुबै देशबीचको सम्बन्धमा तिक्तता आएको छ ।

“हामीले क्यानाडास्थित चिनीया राजदूतसमक्ष यस बारेमा कुरा राखिसकेका छौं र हामीले क्यानाडेली नागरिकलाई माफी दिन आग्रह गरेका छौं,” क्यानाडाका विदेशमन्त्री क्रिस्टिया फ्रील्यान्डले बताउनुभयो ।

विदेशमन्त्री फ्रील्यान्डले क्यानाडाले मृत्युदण्डको सजाय लामो समयदेखि नदिएको पनि स्मरण गर्नुभयो ।

“हाम्रो विश्वास छ यो अमानवीय र अनुपयुक्त हो, र कुनै पनि क्यानाडेली नागरिकका हकमा यस्तो सजाय भए हामी विरोध गर्दछौं,” उहाँले भन्नुभयो ।

हुवावेको विवादसँगै चीनले अरु दुईजना क्यानाडेली नागरिकलाई राष्ट्रिय सुरक्षामा खतरा पु¥याएको भन्दै चीनमा पक्राउ गरिएको छ ।

ह्यूमन राइट्स वाचका कार्यकारी निर्देशक केन्नेथ रथले चीनले “शरीर बन्धक राजनीति” गर्न थालेको आरोप लगाउनुभएको छ ।

चीनमा हरेक वर्ष एक वा दुईजना विदेशीले मृत्युदण्डको सजाय पाउने गरेका छन् ।