३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैंसीलाई घाँस हाल्न गएकी बालिका बलात्कृत, बलात्कारी भन्छन्- बालिकाकै सहमतिमा शारीरिक सम्पर्क गरे



अ+ अ-

बाजुरा । १२ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका–८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

बालिकालाई साँझपख भैंसीलाई घाँस हाल्न गएका बेला लुकेर बसेका थापाले बलात्कार गरेको प्रहरीले जनाएको छ । साँझ गोठबाट फर्किने क्रममा छोरीको कपडा च्यातिएको देखेर शंका लागेपछि आमाले सोधीखोजी गर्दा बलात्कारमा परेको बालिकाले बताएकी थिईन् ।

घटना ५ दिनअघि नै भएपनि घटनाबारे कसैलाई जानकारी गराए कुटपिट गर्ने धम्की दिएकाले ढिला थाहा भएकोको प्रहरीले जनाएको छ ।

तर पक्राउ परेका थापाले बयानको क्रममा बालिकाकै सहमतिमा शारीरिक सम्पर्क गरेको दाबी गरेका छन् । बालिकालाई उनको स्वास्थ्य परीक्षण गरी हाल मार्तडीस्थित सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ ।