१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैंसीलाई घाँस हाल्न गएकी बालिका बलात्कृत, बलात्कारी भन्छन्- बालिकाकै सहमतिमा शारीरिक सम्पर्क गरे



अ+ अ-

बाजुरा । १२ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका–८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

बालिकालाई साँझपख भैंसीलाई घाँस हाल्न गएका बेला लुकेर बसेका थापाले बलात्कार गरेको प्रहरीले जनाएको छ । साँझ गोठबाट फर्किने क्रममा छोरीको कपडा च्यातिएको देखेर शंका लागेपछि आमाले सोधीखोजी गर्दा बलात्कारमा परेको बालिकाले बताएकी थिईन् ।

घटना ५ दिनअघि नै भएपनि घटनाबारे कसैलाई जानकारी गराए कुटपिट गर्ने धम्की दिएकाले ढिला थाहा भएकोको प्रहरीले जनाएको छ ।

तर पक्राउ परेका थापाले बयानको क्रममा बालिकाकै सहमतिमा शारीरिक सम्पर्क गरेको दाबी गरेका छन् । बालिकालाई उनको स्वास्थ्य परीक्षण गरी हाल मार्तडीस्थित सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ ।