२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले गर्यो नेविसंघको केन्द्रीय कार्यसमिति भंग, काम चलाउ हैसियतमा महर



अ+ अ-

काठमाडौँ । कांग्रेसले घुमाउरो शैलीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेको छ । पछिल्लो पटक थपिएको दुई महिनामा पनि महाधिवेशन गराउन नसकेपछि कांग्रेसले बुधबार विज्ञप्तिमार्फत वर्तमान कार्यसमितिलाई काम चलाउ हैसियतमा राखेको छ । माघ १० को पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार हुने गरी त्यहाँसम्मका लागि दैनिक कामकाज गर्नमात्रै निर्देशन दिइएको छ ।

संघ अध्यक्ष नैनसिंह महरले महाधिवेशन गराउन नसक्ने भन्दै संस्थापनपक्षीय नौ र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय ४५ पदाधिकारी तथा सदस्यले राजीनामा दिएका थिए । विधानअनुसार महर नेतृत्वको कार्यसमितिको म्याद भदौ २ मै सकिएको हो । महाधिवेशन गर्ने प्रयोजनका लागि पार्टीले पहिलो पटक ३ र दोस्रो पटक २ महिनाको म्याद थपेको थियो । आजको कान्तिपुर दैनिकमा खबर रहेको छ ।