२४ आश्विन २०८१, बिहीबार
,
Latest
रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण दसैँमा गाउँ नै रमाइलो … चाडपर्वमा पनि बलेनन् सडकबत्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते



अ+ अ-

हिलिहाङ । मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिममा गए राति भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी सख्त घाइत भएका थिए । घाइतेहहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि राति नै झापा र विराटनगरका विभिन्न अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो ।लालीखर्कवाट फिदिमतर्फ आउँदै गरेको मे१त २९६१ नंको ट्याक्टर फिदिम–२ ओदिन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।