९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपालमा पहिलो पटक अश्वमेध गायत्री महायज्ञ वीरगन्ज हुने

नेपालमा पहिलो पटक अश्वमेध गायत्री महायज्ञ वीरगन्ज हुने
अ अ+ अ-

वीरगन्ज । नेपालमा पहिलो पटक अश्वमेध गायत्री महायज्ञ हुने भएको छ । अश्वमेध गायत्री महायज्ञबारे जानकारी गराउन अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्ति पीठका संयोजक एवं वीरगन्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउनको लागि पहिलो पल्ट नेपालमा यज्ञ गर्न लागिएको बताए ।

उनले यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्न, शारीरिक, मानसिक रोगव्याधीको उपचार गर्न सक्ने बताए । वैज्ञानिक ढंगले सञ्चालन हुने यस यज्ञबाट जल, थल, वायु, आकाश, महाभुतहरुको शुद्धिकरण हुन्छ उनले भने यज्ञबाट तयार हुने सात्विक वातावरणले मानिसको आध्यात्मिक विकासमा अत्यन्त फलदायी हुने छ ।

यज्ञको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारी गर्नेछन् । राष्ट्रपतिबाट मौखिकरुपमा अनुमति पाइसकेको छ मेयर सरावगीले भने ४—५ दिनभित्र लिखित अनुमति पाएपछि राष्ट्रपतिले नै फाल्गुन १९ गते अश्वमेध गायत्री महायज्ञको उदघाटन गर्नेछन् ।

२ करोडभन्दा बढीको लागतमा यज्ञको आयोजना गर्न लागिएको हो । यसको लागि यही माघ ७ गते वीरगन्जको आर्दशनगरस्थित आर्दशनगर रंगशालामा भूमी पुजन हुने भएको छ ।

यज्ञमा सहभागि हुने ५ लाख व्यक्तिलाई हवन गर्न २५१ कुण्डीय भव्य यज्ञशाला र देव सस्कृतिलाई दर्शाउने एउटा विशेष प्रदर्शनी निर्माण गरिने छ । शान्तिकुञ्ज हरिद्धारका विशेष पुरोहित तथा साधकद्धारा तीन दिनसम्म हवन यज्ञ र १२ प्रकारका निशुल्क संस्कार हुने उनले बताए ।

महान आध्यात्मिक संत तथा देशभरीबाट मानिसहरुको समागम र यज्ञ सवैका लागि पूर्णतः निशुल्क हुनेछ, यदी स्वैच्छिक दान मात्र स्वीकृत हुने शक्तीपीठका संयोजक सरावगीले बताए ।

२४ जडिबुटी र ध्यूवाट मिश्रित हवनमा उत्पन्न हुने वायुले गर्दा ४० किलोमिटर सम्म वातावरण प्रर्दुशन मुक्त हुने वैज्ञानिक मान्यतासमेत रहेको उनले बताए ।