१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा छब्बीस किलोमिटर ग्रामीण सडक निर्माण



अ+ अ-

हुम्ला । जिल्लाका सातवटै गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा २६ किमी ग्रामीण सडक निर्माण गरेका छन् । सडकलाई पहिलो प्राथमिकता दिँदै स्थानीय सरकारले उक्त आर्थिक वर्षमा वार्षिक योजना तय गरेरै सडकको निर्माण गरेका हुन् । सडक सञ्जाललाई गाउँपालिकाको विकासका लागि पहिलो प्राथमिकतामा राखेको सिमकोट गाउँपालिकाले गत वर्ष पाँच किमी निर्माण गरेर हाल सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो ।

अहिले निर्माण भएको सडकमा हेलिकप्टरबाट ढुवानी गरिएका निजी गाडी सञ्चालनमा आएको अधिकृत दर्जीले बताउनुभयो । यसरी गत वर्ष निर्माण भएका सडकमा सिमकोट बुराउसे बरगाउँ खण्ड र सिमकोट डाँडाफया लिङ्करोड रहेको उहाँले जानकारी दिनुभयो । यो सँगै सिमकोट बजारमा पनि सडक चौडा गर्ने कार्य सम्पन्न भएको दर्जीले बताउनुभयो ।

यस आर्थिक वर्षमा सात किमी ग्रामीण सडक निर्माण गर्ने कार्यक्रम सिमकोट गाउँपालिकाले गरेको छ । गत आर्थिक वर्ष नाम्खा गाउँपालिकाले पनि सात किमी ग्रामीण सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर नेपालीले बताउनुभयो । यो वर्ष नाम्खा गाउँपालिकाले यस्ता ग्रामीण ‘लिङ्करोड’लाई प्राथमिकतामा राखेको अधिकृत नेपालीले बताउनुभयो ।

यस आर्थिक वर्षमा निर्माण भएका सडकमा गाउँपालिकाले आफ्नै सवारी गुडाउने लक्ष्य लिएअनुसार सवारी खरिद प्रक्रिया पनि अगाडि बढाएको नाम्खा गाउँपालिका अधिकृत नेपालीको भनाइ छ । गत आर्थिक वर्षमा सात किमी ग्रामीण सडक निर्माण गर्ने अर्को गाउँपालिका खार्पुनाथ रहेको अध्यक्ष कर्ण रावलले बताउनुभयो । यसमा खार्पुदुर्पा हुँदै चङ्खेली र नल्नलेख सडक निर्माणकार्य भइरहेको अध्यक्ष रावले बताउनुभयो ।

जिल्लाकै दक्षिण क्षेत्रको ताँजाकोट गाउँपालिकाले पनि गत आर्थिक वर्षमा पाँच किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताउनुभयो । जिल्लाका सात गाउँपालिकामध्ये तीन चङ्खेली, कर्सेगाड र अदानचुली गाउँपालिकाले गत वर्ष सडक निमार्णमा काम नगरेको भए पनि यो वर्ष विस्तृत परियोजना प्रतिवेदन तयार गरेर ग्रामीण सडक निर्माणकार्यलाई प्राथमिता दिने जनाएका छन् जसमा चङ्खेलीले सात, सर्केगाडले १४ किमी र अदानचुलीले पाँच किमी सकड निर्माणकार्य गर्ने भएका छन् । यस्तै अन्य चार गाउँपालिकाले केन्द्र र वडा कार्यालय जोड्ने सडक निर्माणका योजना तय गर्ने जनाएका छन् ।