२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा छब्बीस किलोमिटर ग्रामीण सडक निर्माण



अ+ अ-

हुम्ला । जिल्लाका सातवटै गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा २६ किमी ग्रामीण सडक निर्माण गरेका छन् । सडकलाई पहिलो प्राथमिकता दिँदै स्थानीय सरकारले उक्त आर्थिक वर्षमा वार्षिक योजना तय गरेरै सडकको निर्माण गरेका हुन् । सडक सञ्जाललाई गाउँपालिकाको विकासका लागि पहिलो प्राथमिकतामा राखेको सिमकोट गाउँपालिकाले गत वर्ष पाँच किमी निर्माण गरेर हाल सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो ।

अहिले निर्माण भएको सडकमा हेलिकप्टरबाट ढुवानी गरिएका निजी गाडी सञ्चालनमा आएको अधिकृत दर्जीले बताउनुभयो । यसरी गत वर्ष निर्माण भएका सडकमा सिमकोट बुराउसे बरगाउँ खण्ड र सिमकोट डाँडाफया लिङ्करोड रहेको उहाँले जानकारी दिनुभयो । यो सँगै सिमकोट बजारमा पनि सडक चौडा गर्ने कार्य सम्पन्न भएको दर्जीले बताउनुभयो ।

यस आर्थिक वर्षमा सात किमी ग्रामीण सडक निर्माण गर्ने कार्यक्रम सिमकोट गाउँपालिकाले गरेको छ । गत आर्थिक वर्ष नाम्खा गाउँपालिकाले पनि सात किमी ग्रामीण सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर नेपालीले बताउनुभयो । यो वर्ष नाम्खा गाउँपालिकाले यस्ता ग्रामीण ‘लिङ्करोड’लाई प्राथमिकतामा राखेको अधिकृत नेपालीले बताउनुभयो ।

यस आर्थिक वर्षमा निर्माण भएका सडकमा गाउँपालिकाले आफ्नै सवारी गुडाउने लक्ष्य लिएअनुसार सवारी खरिद प्रक्रिया पनि अगाडि बढाएको नाम्खा गाउँपालिका अधिकृत नेपालीको भनाइ छ । गत आर्थिक वर्षमा सात किमी ग्रामीण सडक निर्माण गर्ने अर्को गाउँपालिका खार्पुनाथ रहेको अध्यक्ष कर्ण रावलले बताउनुभयो । यसमा खार्पुदुर्पा हुँदै चङ्खेली र नल्नलेख सडक निर्माणकार्य भइरहेको अध्यक्ष रावले बताउनुभयो ।

जिल्लाकै दक्षिण क्षेत्रको ताँजाकोट गाउँपालिकाले पनि गत आर्थिक वर्षमा पाँच किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताउनुभयो । जिल्लाका सात गाउँपालिकामध्ये तीन चङ्खेली, कर्सेगाड र अदानचुली गाउँपालिकाले गत वर्ष सडक निमार्णमा काम नगरेको भए पनि यो वर्ष विस्तृत परियोजना प्रतिवेदन तयार गरेर ग्रामीण सडक निर्माणकार्यलाई प्राथमिता दिने जनाएका छन् जसमा चङ्खेलीले सात, सर्केगाडले १४ किमी र अदानचुलीले पाँच किमी सकड निर्माणकार्य गर्ने भएका छन् । यस्तै अन्य चार गाउँपालिकाले केन्द्र र वडा कार्यालय जोड्ने सडक निर्माणका योजना तय गर्ने जनाएका छन् ।