• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

महानगरपालिकाको वडा कार्यालय भवन शिलान्यास



काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ वडा कार्यालय भवनको आज शिलान्यास गरिएको छ । पुरानो भवन २०७२ सालको भूकम्पका कारण जीर्ण बनपछि नयाँ भवन निर्माण थालिएको हो ।

आज लैनचौरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सो भवन शिलान्यास गर्नुभयो । उहाँले महानगरपालिकाले केन्द्रीय कार्यालयदेखि ३२ वटै वडामा नमूना भवन निर्माण गर्न लागिएको बताउनुभयो । “महानगरपालिकाले सबै वडा कार्यालयलाई व्यवस्थित गर्न लागेको छ”, शाक्यले भन्नुभयो । महानगरपालिकालाई सफा गर्न पाँच बु्रमर खरीद गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य जीवन डँगोलले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको समन्वय भए मात्र मुलुकको विकास हुने बताउनुभयो । काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले समृद्ध नेपालका लागि महानगर समृद्ध तथा महानगर समृद्धका लागि वडा समृद्ध हुनुपर्ने बताउनुभयो ।

रु चार करोड ५० लाखमा आठ आना जग्गामा निर्माण गर्न लागिएको सो वडा कार्यालय भवन साढे तीन तले हुने वडाध्यक्ष ख्यामराज तिवारीले जानकारी दिनुभयो । एक वर्षभित्र निर्माण गरिने सो भवन निर्माणको जिम्मा गौरीपार्वती र केएनकेजी जेभीलाई दिइएको छ ।