१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूत सर्बसम्मत अनुमोदन



अ+ अ-

काठमाडौं । संसदीय सुनुवाई समितिले दुईजना राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन गरेको छ ।

बिहीबार बसेको समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाललाई अनुमोदन गरेको हो ।

परराष्ट्र मन्त्रालयले सहसचिव दीपक अधिकारीलाई फ्रान्स र अर्का सहसचिव भृगु ढुङ्गानालाई क्यानाडाको राजदूतमा त्यसैगरी गणेश प्रसाद ढकाल थाइल्यान्ड, दुर्गा प्रसाद भन्डारी कुवेत र मणि भट्टराई जेनेभास्थित युएन मिसनमा सिफारिस गरेको थियो ।

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो । तर, पाँचै जनाविरुद्ध कुनै पनि उजुरी नपरेको कारण गर्दा सीधै पहिलो चरण मै अधिकारी र ढकालको नाम अनूमोदन गरेको हो ।


अनूमोदन भएका मध्ये अधिकारी हाल परराष्ट्रका प्रमुख शिष्टाचार महापाल थिए । त्यसैगरी ढकाल चीन हेर्ने महाशाखा प्रमुका प्रमुखका रुपमा काम गरिरहेका थिए ।