६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूत सर्बसम्मत अनुमोदन



अ+ अ-

काठमाडौं । संसदीय सुनुवाई समितिले दुईजना राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन गरेको छ ।

बिहीबार बसेको समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाललाई अनुमोदन गरेको हो ।

परराष्ट्र मन्त्रालयले सहसचिव दीपक अधिकारीलाई फ्रान्स र अर्का सहसचिव भृगु ढुङ्गानालाई क्यानाडाको राजदूतमा त्यसैगरी गणेश प्रसाद ढकाल थाइल्यान्ड, दुर्गा प्रसाद भन्डारी कुवेत र मणि भट्टराई जेनेभास्थित युएन मिसनमा सिफारिस गरेको थियो ।

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो । तर, पाँचै जनाविरुद्ध कुनै पनि उजुरी नपरेको कारण गर्दा सीधै पहिलो चरण मै अधिकारी र ढकालको नाम अनूमोदन गरेको हो ।


अनूमोदन भएका मध्ये अधिकारी हाल परराष्ट्रका प्रमुख शिष्टाचार महापाल थिए । त्यसैगरी ढकाल चीन हेर्ने महाशाखा प्रमुका प्रमुखका रुपमा काम गरिरहेका थिए ।