१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ १० गते मकवानपुरगढीमा विजयोत्सव मनाइने



अ+ अ-

हेटौँडा । यही माघ १० गते यहाँ मकवानपुरगढी विजयोत्सव मनाइँदैछ ।

दुई सय ५६ वर्षअघि भारत बङ्गालको मुगल सेनाले गरेको आक्रमणको जवाफमा गोरखाली सेनाले विजय गरेको दिनलाई विजयोत्सवका रुपमा मनाउने गरिएको छ । विसं १८१९ माघ १० गते गुरगिन खाँ नेतृत्वको मुुसलमान सेनाको आक्रमणबाट गोरखालीले विजय गरेको बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले उक्त दिन हेटौँडाको चौकीटोलदेखि मकवानपुरगढीसम्म २१ किलोमिटरको दौड प्रतियोगिता तथा पर्यटन प्रवद्र्धन तथा कार्यक्रमलाई थप रोचक बनाउन हाफ म्याराथन प्रतियोगिता आयोजना हुने बताए।


प्रतियोगितामा सातै प्रदेशका दुई दुई धावक तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका धावकले सहभागिता जनाउनेछन् । प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई रु १५ हजार तथा चौथो र पाँचौँलाई रु पाँच पाँच हजार पुरस्कार प्रदान गरिने छ ।

नेपाली सेनासँगको सहकार्यमा गाउँपालिकाले कार्यक्रम आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भीम परियारले जानकारी दिए ।