• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ: प्रधानमन्त्री ★   मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग ★   २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ: महेश बर्तौला ★   विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री ★   बजुरामा नुन अभाव छैन: साल्ट ट्रेडिङ ★   झापामा चट्याङ लागेर दुईको मृत्यु ★   नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु ★   बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा ★   कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो ★   कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा आज सर्वोच्चको आदेश कस्तो आउला ?

अमेरिकी विशेषदूत पाकिस्तानमा



इस्लामाबाद । संयुक्तराज्य अमेरिकाका शान्ति विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तानमा जारी १७ वर्षे सशस्त्र युद्ध अन्त्यको उपाय खोजी गर्ने उद्देश्यले पुनः पाकिस्तान आइपुग्नु भएको छ । अफगानिस्तानमा युद्धरत पक्षसँग सम्झौता भएमा अफगानिस्तानमा अमेरिकाको सबैभन्दा लामो सैनिक सहकार्य अन्त्य हुनेछ ।

इस्लामाबादस्थित अमेरिकी दूतावासले विशेषदूत खलिलजादले वरिष्ट पाकिस्तानी अधिकारीहरुसँग विचारविमर्श गर्ने जनाएको छ, तर विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

आफ्नो नियुक्ती भएसँगै खलिलजादले अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्न निकै प्रयत्न गर्नुभएको छ । यसअघि भएका भ्रमणका क्रममा उहाँले अफगानिस्तानमा छापामार युद्ध गरिरहेको तालिबानसँग खाडी राष्ट्रमा वार्ता गर्नुभएको थियो । यसपटक उहाँले मध्यपूर्वका मुलुकको भ्रमण गर्ने कार्यक्रम छैन, तर उहाँले तालिबानी नेताहरुलाई पाकिस्तानमै भेट्ने सम्भावना रहेको छ ।

यदि तालिबानसँग वार्ता भए खलिलजादले काबुलसँग प्रत्यक्ष वार्ता गराउन भूमिका निर्वाह गर्नुहुनेछ । तर, तालिबानले अफगानिस्तान सरकारसँग वार्ता नगर्ने अडान राख्दै आएको छ ।