१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारद्वारा स्मार्ट सिटी समाधान परियोजना सुरू



अ+ अ-

दोहा ।कतारमा आइतबार स्मार्ट सिटी समाधान परियोजनाको पहिलो चरणको काम सुरू गरिएको छ ।

नगरपालिका मन्त्री अब्दुल्लाह बिन हमाद बिन अब्दुल्लाह अल अतियाहले आइतबार परियोजनाको उद्घाटन गर्नुभएको हो । परियोजनामा मुख्यतया स्मार्ट फोहोर अपशिष्ट व्यवस्थापन, वाहन व्यवस्थापन, कार्य वितरण प्रणाली र एक केन्द्रीय सञ्चालन कमान्ड प्लेटफर्मको कार्यान्वयन समावेश छ ।

यी पहलहरू २०२४/०३० को लागि मन्त्रालयको रणनीति अनुरूप ल्याइएका हुन् ।

परियोजनाको लक्ष्य जीवनको गुणस्तर अनुकूलन, समृद्धि, शहरी आधुनिकीकरण, सेवा उत्कृष्टता र डिजिटल रूपान्तरणमा केन्द्रित छ ।

मन्त्री अतियाहले स्मार्ट सोलुसन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत आधुनिक प्रविधिको उपयोग गर्दै मन्त्रालयको सेवाको डिजिटल रूपान्तरण हासिल गर्न यी नयाँ प्रणालीहरूको सुरुवात अभिन्न अङ्ग भएको उल्लेख गर्दै नयाँ र आधुनिक परियोजना र पहलको कार्यान्वयनमार्फत आफ्नो सार्वजनिक सेवालाई सुदृढ गर्न मन्त्रालयको प्रतिबद्धतालाई पुष्टि गर्नुभयो ।

उनले भन्नुभयो, “यसको लक्ष्य जनतालाई प्रदान गरिने सेवाहरूमा उच्चतम स्तरको प्रदर्शन, गुणस्तर र उत्पादकत्व हासिल गर्नु र परिचालन लागत पनि कम गर्नु र स्मार्ट, हरित र दिगो शहरहरूतर्फ प्रगति गर्नु हो ।

परियोजनाले सवारी साधन र चालकको आवागमन र अनुपालनको निगरानी गर्ने लक्ष्य राखेको छ ।