१९ मंसिर २०८२, शुक्रबार
,
Latest
कांग्रेसको कलहः होला त पुसमा कांग्रेसको महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीको दोहोरो सुविधा रोक्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । मन्त्रीपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयबाट दोहोरो सुविधा लिँदै आएका मन्त्रीहरूको अनियमितता रोक्न सरकारले एकद्वार नीति अपनाउने निर्णय गरेको छ । अबदेखि मन्त्रीको तलबलगायत सुविधा सम्बन्धित मन्त्रालयबाटै भुक्तानी गर्ने निर्णय गरेको हो । मन्त्रीहरूले दोहोरो सुविधा लिइरहेको समाचार प्रकाशित गरेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

यसअघि मन्त्रीको तलब तथा सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट लिइने व्यवस्था थियो । तर, अब मन्त्रालयबाटै दिइने व्यवस्था गरिएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । सरकारले यसअघि गृह मन्त्रालयले मन्त्रीलाई दिँदै आएको गाडीसमेत सम्बन्धित मन्त्रालयमै हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

यस्तै, सरकारले रेल खरिद प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ । २९ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरिदका लागि सैद्धान्तिक स्वीकृति दिएको हो । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर दूरीमा रेल चलाउन भारतसँगै इन्जिन खरिद गर्न लागेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए । उनका अनुसार खरिद प्रक्रिया अघि बढाउन भौतिक मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति पनि दिइसकेको छ।

सरकारले लगानी सम्मेलनको तयारी सुरु गरेको पनि जनाएको छ । आगामी १५ र १६ चैतमा काठमाडौंमा हुने सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको मन्त्री बाँस्कोटाले बताए । सरकारले पाल्पा र दैलेखमा ग्यास तथा खनिज तेल अन्वेषणका लागि चिनियाँ कम्पनीलाई स्वीकृति पनि दिएको छ । यस्तै, कर्मचारी सञ्चय कोषका अध्यक्षमा शिशिरकुमार ढुंगानालाई नियुक्त गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।