१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीको दोहोरो सुविधा रोक्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । मन्त्रीपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयबाट दोहोरो सुविधा लिँदै आएका मन्त्रीहरूको अनियमितता रोक्न सरकारले एकद्वार नीति अपनाउने निर्णय गरेको छ । अबदेखि मन्त्रीको तलबलगायत सुविधा सम्बन्धित मन्त्रालयबाटै भुक्तानी गर्ने निर्णय गरेको हो । मन्त्रीहरूले दोहोरो सुविधा लिइरहेको समाचार प्रकाशित गरेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

यसअघि मन्त्रीको तलब तथा सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट लिइने व्यवस्था थियो । तर, अब मन्त्रालयबाटै दिइने व्यवस्था गरिएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । सरकारले यसअघि गृह मन्त्रालयले मन्त्रीलाई दिँदै आएको गाडीसमेत सम्बन्धित मन्त्रालयमै हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

यस्तै, सरकारले रेल खरिद प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ । २९ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरिदका लागि सैद्धान्तिक स्वीकृति दिएको हो । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर दूरीमा रेल चलाउन भारतसँगै इन्जिन खरिद गर्न लागेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए । उनका अनुसार खरिद प्रक्रिया अघि बढाउन भौतिक मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति पनि दिइसकेको छ।

सरकारले लगानी सम्मेलनको तयारी सुरु गरेको पनि जनाएको छ । आगामी १५ र १६ चैतमा काठमाडौंमा हुने सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको मन्त्री बाँस्कोटाले बताए । सरकारले पाल्पा र दैलेखमा ग्यास तथा खनिज तेल अन्वेषणका लागि चिनियाँ कम्पनीलाई स्वीकृति पनि दिएको छ । यस्तै, कर्मचारी सञ्चय कोषका अध्यक्षमा शिशिरकुमार ढुंगानालाई नियुक्त गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।