१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

यी हुन् मोटरसाइकल मन्त्री : अगिअगी आफु, पछिपछि मोटरसाइकलमा अंगरक्षक !

यी हुन् मोटरसाइकल मन्त्री : अगिअगी आफु, पछिपछि मोटरसाइकलमा अंगरक्षक !
अ अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका एक जना मन्त्री अहिले पछिपछि अंगरक्षक राखेर हिडेको देख्न थालिएको छ । केही सातादेखी सरकारी आवासबाट पैदलै मन्त्रालय र केही कार्यक्रममा समेत हिडेरै पुग्ने मन्त्री हुन्, भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसी । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ ।

सुर्खेतमा अहिले पछिपछि अंगरक्षक, अनि अघिअघि मन्त्री केसी हिँडेको देखिन्छ । मन्त्री केसी कुनै चर्चा कमाउन वा शारिरिक व्यायामका लागि भने निस्किएकी होइनन् । उनले प्रयोग गर्ने गाडी अहिले रुकुमको चौरजहारीमा छ । एक कार्यक्रममा भाग लिन गएका वेला गत पुष १५ गते चौरजहारीमा गाडी विग्रिएपछि उनीसँग प्रयोग गर्ने अर्को गाडी छैन ।

मन्त्री केसीले चढ्दै आएको गाडी बा२झ १०५२ नम्बरको गाडी पश्चिम रुकुममा आयोजना गरिएको अर्गानिक मोडेलको कार्यक्रमका लागि रुकुम पुग्ने बित्तिकै रुकुममै बिग्रेर थन्किएको हो । गाडी बिग्रिएपछि हाल मन्त्री केसी कार्यक्रममा मोटरसाइकल चढेर जान बाध्य भएकी छन् । मन्त्री केसीले अंगरक्षकलाई एउटा मोटरसाइकल तथा आफू अर्को मोटरसाइकलमा चढिरहेकी छिन् ।

मन्त्री केसीले प्रयोग गर्ने मोटरसाइकल पनि मन्त्रालयसँग पर्याप्त छैनन् । ‘मन्त्रीज्यू चढ्ने मोटर अहिले रुकुम पश्चिमको चौरजहारीमा थन्किएको छ, मर्मतका लागि समान पठाइएको छ ।’ केसीका स्वकीय सचिववलयका सदस्य दीपेन्द्र शर्माले भने । केसीको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अहिले एक करोड १५ लाख मोटर किन्नको लागि बजेट छुट्टाएको छ ।

जसको लागि बोलपत्र आह्वान पनि भइसकेको छ । मन्त्रालयले मन्त्रीको प्रयोजनका लागि भने मोटरको बोलपत्र भने खुलाएको हैन । प्रदेशको मन्त्रालय मातहतमा रहेका चारवटा जिल्लाका लागि भनेर चारवटा मोटरका लागि बोलपत्र खुलाएको हो ।

‘मन्त्रालयमा गाडी खरिद गर्न १ करोड १५ लाख रुपैयाँ बजेट छ । हामीले टेन्डर आह्वान गरिसकेका छौँ,’ मन्त्री केसीले भनिन्, ‘त्यो बजेटबाट हामी निर्देशनालय तथा जिल्लालाई आवश्यकता हेरेर बोलेरो खरिद गर्छौं । मेरा लागि त यो वर्ष त्यही बिग्रेको गाडी धकेल्दै भएपनि बित्ने छ ।’

मन्त्री केसीले सरकारका कामलाई गति दिन पनि जिल्लामा गाडी दिन आवश्यक रहेको बताइन् । ‘नजिकका कार्यक्रममा पैदलै जान्छु । अलि टाढा भएको खण्डमा मोटरसाइकल प्रयोग गर्छु,’ उनले भनिन्, ‘टाढा भएको खण्डमा गाडी नै रिजर्भ गरेर लैजाने गरेकी छु ।’

कर्णाली प्रदेश सरकारले सवारी साधन खरिदसम्बन्धी कार्यविधिमा मन्त्रीले ७० लाख सम्म र सचिवले ५० लाख सम्मको मोटर किन्न सकिने प्रावधान बनाएको छ । गाडी उपलब्ध हुने प्रदेशका मन्त्री झण्डावाल गाडीमा हिँड्ने गरेका छन् । प्रदेश मन्त्रालयसँग पर्याप्त गाडी नहुँदा एउटा बिग्रने वित्तीय मोटरसाइकलमा हिँड्नुपर्ने अवस्था आएको छ ।