काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष लालबाबु पण्डितले पार्टीको सम्पूर्ण कार्यकारी पदबाट बिदा लिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पण्डितले एमालेको १० औं महाधिवेशनबाट सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौँ महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना,’