६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूरसंचार सेवा प्रदायको ३ अर्ब बक्यौता, युटिएलले हालसम्म कुनै पनि सेवा दस्तुर तिरेन



अ+ अ-

काठमाडौँ । नेपालमा सञ्चालन भएका दूर संचार सेवा प्रदायक संस्थाहरुले २ अर्ब ९६ करोड ६५ लाख ८५ हजार बक्यौता रकम सरकारलाई तिर्न बाँकि रहेको छ ।


हालसम्म दर्ता भएका १ सय ५३ वटा दूर संचार सेवा प्रदायक संस्थाबाट ठुलो रकम उठाउन बाकी रहेको खुलेको हो । हालसम्म नेपाल टेलिकम र युटियल जस्ता ठुला कम्पनीले पनि रकम बक्यौता राखेको खुलेको छ ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा दूरसंचार सेवा प्रदायक संस्थाहरुले पुस मसान्त भित्र २ अर्ब ९६ करोड भन्दाबढि बक्यौता रकम बुझाउन बाँकि रहेको जानकारी गराएका थिए ।

ति संस्थाहरुले फ्रिक्वेन्सी दस्तुर, रोयल्टी रकम, नविकरण दस्तुर, ग्रामिण दूर संचार कोषलगायत गरेर सरकारलाई बुझाउनुपर्ने रकम बुझाउन बाँकि रहेको छ ।

त्यसमध्ये सबैभन्दा बढि स्मार्ट टेलिकम प्रालिले १ अरव ४० करोड ७६ लाख ५८ हजारभन्दा बढि बक्यौता रकम बुझाउन बाँकि छ । त्यसैगरी युनाईटेड टेलिकम लिमिटेडले सरकारलाई ७९ करोड ४२ लाख ९५ हजारभन्दा बढि बक्यौंता रकम बुझाउन बाँकि छ ।

मन्त्री बास्कोटाले युटिएलले हालसम्म कुनै पनि सेवा वापतको दस्तुर रकम सरकारलाई नबुझाएको पनि समितिलाई जानकारी गराए।