६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र सय घुस लिदालिदै बाराका खरिदार पक्राउ



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय सिमरा, बारामा कार्यरत सहायक कम्प्युटर अपरेटर राज्यनारायण साहलाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयबाट खटेको टोलिले साहलाई रू १,५०० रकम घुसबापतको लिइसकेको अवस्थामा नियन्त्रण गरेको सह सचिव रामेश्वर दंगालले जनाकारी दिएका छन् ।

साहले नागरिकता प्रमाणपत्र बनाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार पक्राउ गरेको थियो ।

साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०) बमोजिम कसुर गरेको पुष्टि गरि बिगो बापत रू.१,५०० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०) र दफा ३ को उपदफा (१०) को देहाय (क) बमोजिम सजाय हुने मागदाबी सहित आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।