१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ एमाले महाधिवेशनमा मतदानको तयारी



अ+ अ-

चितवन । नेकपा (एमाले)को  १०औं राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहामा मतदानको तयारी थालिएको छ।

सर्वसम्मत हुन नसकेपछि अध्यक्ष सहित केही पदमा निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्ते, उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम आइतबार राति घोषणा गरेका थिए ।  त्यस्तै सचिवमा पनि चुनाव हुने भएको छ ।   

ओलीले यसअघि टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिव बनाएका थिए । तर, ओलीको सूचीमा नअटाएका भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि चुनाव हुने भएको छ । 

पदाधिकारीको १४ पदका लागि तय निर्वाचन विद्युतीय मेसिनबाट गर्ने तयारी गरिएको छ । त्यसका लागि मेसिनहरु तयारी अवस्थामा व्यवस्थापन भइसकेका छन् ।

एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २ हजार १७५ रहेको छ । निर्वाचन आयोगले उम्मेदवारहरुलाई निर्वाचन आचारसंहितामा पालना गर्न अनुरोध गरेको छ ।