१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

३३ किलो सुनकाण्ड : थुनामै राख्न आदेश, एसएसपी खत्री र डंगोललाई झड्का

३३ किलो सुनकाण्ड : थुनामै राख्न आदेश, एसएसपी खत्री र डंगोललाई झड्का
अ अ+ अ-

काठमाडौं । उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा पुर्पक्षका लागि जेल परेका निलम्बित एसएसपी श्यामबहादुर खत्री र एयरलाइन्स कर्मचारी अमरमान डंगोललाई थुनामै राख्न अन्तिम आदेश गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बिहीबार उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश कुलरन्त भुर्तेल र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेशलाई सदर गर्दै खत्री र डंगोललाई थुनामै राखेर पुर्पक्ष गर्न अन्तरिम आदेश गरेको हो ।

संगठित सुन तस्करी र सनम शाक्य हत्या आरोपमा उनीहरूलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । तर, अभियुक्तहरूले जिल्लाको आदेश बेरीत भएको भन्दै रीतपूर्वक आदेशका लागि उच्च अदालतमा निवेदन गरेका थिए ।

प्रधान्यायाधीशको आदेशमा उच्च अदालत विराटनगरबाट अकस्मात् न्यायपरिषद् सचिवालयमा तानिएका पाँच न्यायाधीशको इजलासबाट सुन तस्करी र सनम शाक्य मुद्दाका अभियुक्तहरू थुनामुक्त भएका थिए ।

सुन तस्करी र सनम हत्या प्रकरणमा भएको सो विवादास्पद आदेशपछि न्यायाधीश सारंगा सुवेदी, उमेशकुमार सिंह, उमेशराज पौड्याल, नगेन्द्रलाभ कर्ण र थीरबहादुर कार्की बिहीबार न्यायपरिषद् सचिवालय तानिएका हुन् । उनीहरूलाई उच्च अदालत विराटनगरबाटै सुविधा खाने गरी न्यायपरिषद्को सचिवालयमा काज सरुवा गरिएको छ ।

पाँच न्यायाधीशहरूले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्तहरू पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायतलाई सादा तारेखमा र सुन कारोबारीहरू राजकुमार दारुका माधव भनिने मदनप्रसाद घिमिरे, आरेक भनिने राजेन्द्रकुमार शाक्य, विमल पोद्दार, सञ्जय खेतान, माधव सिलवाल, रामकुमार तिवारीलगायतलाई धरौटीमा थुनामुक्त गर्न अन्तिम आदेश दिएका थिए ।

जिल्ला अदालत मोरङले गरेको आदेश बेरितको भन्दै रितपूर्वक आदेश गराउन माग गर्दैै हालसम्म उच्च अदालतमा निवेदन गर्ने सुन तस्करी र सनम शाक्य हत्या अपराधका अभियुक्तमध्ये अझै १३ जनाको हकमा अन्तिम आदेश हुन बाँकी छ ।

६ वटा इजलास भएको उच्च अदालत विराटनगरमा पाँच न्यायाधीश न्यायपरिषद् सचिवालयमा तानिएपछि अब ६ जना न्यायाधीशले कामकाज सम्हालिरहेका छन् । जसमध्ये मुख्यन्यायाधीश कुलरन्त भुर्तेल, हरिप्रसाद बगाले, जनक पाण्डे, साधुराम सापकोटा र ऋषिराम दवाडी र हरिप्रसाद भण्डारी छन् ।