५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ किलो सुनकाण्ड : थुनामै राख्न आदेश, एसएसपी खत्री र डंगोललाई झड्का



अ+ अ-

काठमाडौं । उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा पुर्पक्षका लागि जेल परेका निलम्बित एसएसपी श्यामबहादुर खत्री र एयरलाइन्स कर्मचारी अमरमान डंगोललाई थुनामै राख्न अन्तिम आदेश गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बिहीबार उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश कुलरन्त भुर्तेल र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेशलाई सदर गर्दै खत्री र डंगोललाई थुनामै राखेर पुर्पक्ष गर्न अन्तरिम आदेश गरेको हो ।

संगठित सुन तस्करी र सनम शाक्य हत्या आरोपमा उनीहरूलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । तर, अभियुक्तहरूले जिल्लाको आदेश बेरीत भएको भन्दै रीतपूर्वक आदेशका लागि उच्च अदालतमा निवेदन गरेका थिए ।

प्रधान्यायाधीशको आदेशमा उच्च अदालत विराटनगरबाट अकस्मात् न्यायपरिषद् सचिवालयमा तानिएका पाँच न्यायाधीशको इजलासबाट सुन तस्करी र सनम शाक्य मुद्दाका अभियुक्तहरू थुनामुक्त भएका थिए ।

सुन तस्करी र सनम हत्या प्रकरणमा भएको सो विवादास्पद आदेशपछि न्यायाधीश सारंगा सुवेदी, उमेशकुमार सिंह, उमेशराज पौड्याल, नगेन्द्रलाभ कर्ण र थीरबहादुर कार्की बिहीबार न्यायपरिषद् सचिवालय तानिएका हुन् । उनीहरूलाई उच्च अदालत विराटनगरबाटै सुविधा खाने गरी न्यायपरिषद्को सचिवालयमा काज सरुवा गरिएको छ ।

पाँच न्यायाधीशहरूले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्तहरू पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायतलाई सादा तारेखमा र सुन कारोबारीहरू राजकुमार दारुका माधव भनिने मदनप्रसाद घिमिरे, आरेक भनिने राजेन्द्रकुमार शाक्य, विमल पोद्दार, सञ्जय खेतान, माधव सिलवाल, रामकुमार तिवारीलगायतलाई धरौटीमा थुनामुक्त गर्न अन्तिम आदेश दिएका थिए ।

जिल्ला अदालत मोरङले गरेको आदेश बेरितको भन्दै रितपूर्वक आदेश गराउन माग गर्दैै हालसम्म उच्च अदालतमा निवेदन गर्ने सुन तस्करी र सनम शाक्य हत्या अपराधका अभियुक्तमध्ये अझै १३ जनाको हकमा अन्तिम आदेश हुन बाँकी छ ।

६ वटा इजलास भएको उच्च अदालत विराटनगरमा पाँच न्यायाधीश न्यायपरिषद् सचिवालयमा तानिएपछि अब ६ जना न्यायाधीशले कामकाज सम्हालिरहेका छन् । जसमध्ये मुख्यन्यायाधीश कुलरन्त भुर्तेल, हरिप्रसाद बगाले, जनक पाण्डे, साधुराम सापकोटा र ऋषिराम दवाडी र हरिप्रसाद भण्डारी छन् ।