२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ एमाले महाधिवेशनमा मतदानको तयारी



अ+ अ-

चितवन । नेकपा (एमाले)को  १०औं राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहामा मतदानको तयारी थालिएको छ।

सर्वसम्मत हुन नसकेपछि अध्यक्ष सहित केही पदमा निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्ते, उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम आइतबार राति घोषणा गरेका थिए ।  त्यस्तै सचिवमा पनि चुनाव हुने भएको छ ।   

ओलीले यसअघि टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिव बनाएका थिए । तर, ओलीको सूचीमा नअटाएका भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि चुनाव हुने भएको छ । 

पदाधिकारीको १४ पदका लागि तय निर्वाचन विद्युतीय मेसिनबाट गर्ने तयारी गरिएको छ । त्यसका लागि मेसिनहरु तयारी अवस्थामा व्यवस्थापन भइसकेका छन् ।

एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २ हजार १७५ रहेको छ । निर्वाचन आयोगले उम्मेदवारहरुलाई निर्वाचन आचारसंहितामा पालना गर्न अनुरोध गरेको छ ।