१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

अझै लिन छाडेनन् घरभाडा यी सांसदले, मासिक २५ हजार ६ सय बुझे

अझै लिन छाडेनन् घरभाडा यी सांसदले, मासिक २५ हजार ६ सय बुझे
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा विधायन समिति सभापति परशुराम मेघी गुरुङको भक्तपुर सूर्यविनायक नगरपालिकाको सुवर्णेश्वर आधारभूत विद्यालय सँगै घर छ । तर उनी संसद् सचिवालयबाट नियमित घरभाडा बुझ्ने सांसदको सूचीमा पर्छन् ।

सचिवालयबाट उनले घरभाडाबापत मासिक २५ हजार ६ सय ८ रुपैयाँ बुझछन् । उनले पुसको घरभाडासमेत बुझिसके ।

‘सुवर्णेश्वर मन्दिर सँगै उहाँको घर छ, म पनि पुगेको छु,’ सूर्यविनायक नगरपालिकाका एक जनप्रतिनिधिले भने, ‘घर हुँदाहुँदै भाडा लिनु त ठीक भएन ।’ गुरुङले कान्तिपुरसँग मंसिर २३ मा भक्तपुरमा आफ्नो घर भएको बताएका थिए । संघीय संसद्को तेस्रो अधिवेशन पुस ११ मा सुरु भएपछि सचिवालयले सांसदलाई काठमाडौंमा घर भएरनभएको यकिन गर्न फाराम भराएको थियो । तर गुरुङले घर नभएको भन्दै फाराममा हस्ताक्षर गरेको स्रोतले जनाएको छ ।

संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनमा काठमाडौं उपत्यकामा घर नहुने सांसदले मात्रै घरभाडा पाउँछन् । घरभाडा लिनेमा सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्ण पनि छन् । पुस ११ पछि सचिवालयले भराएको फाराममा उनले पनि आफ्नो काठमाडौंमा घर नभएको उल्लेख गरे । कान्तिपुरसँग कात्तिक ३० मा भने बाँसबारीमा घर भएको जानकारी दिएका थिए । उनले पनि पुसको घरभाडा लिएका छन् ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्ट पनि घरभाडा बुझ्ने सूचीमा छिन् । उनले पनि कान्तिपुरसँग कात्तिक २९ मा भैंसेपाटीमा कान्छा छोराको नाममा रहेको घरमा बस्ने गरेको बताएकी थिइन् ।

नियमअनुसार घर नहुने सांसदले मासिक १८ हजार रुपैयाँ पाउँछन् । समिति सभापतिले भने २५ हजार ६ सय ८ रुपैयाँ घरभाडा लिन्छन् । काठमाडौं उपत्यकामा घर हुने सांसदले पनि अझै घरभाडा लिइरहेका छन् । काठमाडौंमा घर हुने सांसदले समेत पुसमा अध्यावधिक गरेको विवरणमा घर नभएको भन्दै भाडा असुली गरेका हुन् ।

नेकपाकी सांसद नविना लामाको पेप्सीकोलामा घर छ । सचिवालय विवरणमा घर नभएको भन्दै हस्ताक्षर गरेकी छन् । कान्तिपुरसँग मंसिर ११ मा उनले भनेकी थिइन्, ‘पेप्सीकोलामा श्रीमानको नाममा घर छ ।’ तर उनले पुसको तलबसँगै घरभाडा पनि लिएकी छन् । संसद् सचिवालयका एक पदाधिकारीले भने, ‘श्रीमान् र माइतीको घरमा बसेर मेरो घर छैन भन्नुचाहिँ उपयुक्त होइन ।’

कान्तिपुरले गत कात्तिकमा गरेको अध्ययनअनुसार केही सांसद आफ्नो घर नभए पनि माइती वा ससुराली घरमा बस्छन् । भाडा तिर्दैनन् तर संसद् सचिवालयबाट भाडा लिन्छन् । कान्तिपुर दैनिकमा खबर छ ।