१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको जितमा सलाहको दुई गोल



अ+ अ-

काठमाडौं । इङ्लिस प्रिमियर लिगकै शनिबार राति खेलिएको खेलमा ‘लिग लिडर’ लिभरपुलले घरेलु मैदानमा क्रिस्टल प्यालेसमाथि ४—३ गोलको प्रतिस्पर्धात्मक जित हात पार्‍यो । लिभरपुलको जितमा मोहमद सलाहले दुई गोलको योगदान गरे ।

सलाहका अतिरिक्त रोबर्टो फर्मिनो र साडियो मानेले पनि एक/एक गोल थपे । इजिप्टका २६ वर्षीय खेलाडी सलाहले प्रिमियर लिगमा गरेको गोल सँख्या ५० पुगेको छ । उनले ७२ खेल खेलेर ५० गोलको कोशे ढुंगा पार गरेका हुन् ।

एन्ड्र्यू कोल ९६५ खेल , एलन सियरर ९६६ खेल र रुड भान निस्टलरोय ९६८ खेलले मात्र सलाहभन्दा कम खेल खेलेर ५० गोलको कोशे ढुंगा पार गरेका छन् । साडियो मानेले भने क्रिस्टल प्यालेसविरुद्घको पछिल्ला चारमध्ये हरेक खेलमा गोल गरेका छन् ।

यसैगरी सन् २०१५ को अक्टोबरमा योर्गेन क्लोपले लिभरपुलको प्रशिक्षकको जिम्मेबारी सम्हालेयता रोबर्टो फर्मिनो ६९ गोलमा कुनै न कुनै रुपमा जोडिन पुगेका छन् । उनले ४५ गोल आफैले गरेका छन् भने २४ गोलका लागि पास उपलब्ध गराएका छन् ।

क्रिस्टल प्यालेस सन् २०१८ को फेब्रुअरीयता एनफिल्डमा खेलिएको खेलमा एकभन्दा बढी गोल गर्ने पहिलो प्रिमियर लिग टोली बनेको छ । सन् २०१८ को फेब्रुअरीमा भ्रमणकारी टोली टोट्टनहामले एनफिल्डमा लिभरपुललाई २—२ गोलको बराबरीमा रोकेको थियो ।

यसैगरी लिभरपुलले आफ्नो घरेलु मैदानमा एक हजार गोलको कोशे ढुंगा पनि पार गरेको छ । यसअघि प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सीले मात्र आफ्नो घरेलु मैदानमा एक हजार गोल गर्न सकेका थिए ।

क्रिस्टल प्यालेसका गोलरक्षक जुलियन स्पेरोनी यो सिजनको प्रिमियर लिगमा मैदानमा ओर्लने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् । लिभरपुलविरुद्घको खेलमा क्रिस्टल प्यालेसको गोल पोष्टको जिम्मेबारी समाल्दा उनको उमेर ३९ वर्ष दुई सय ४६ दिन थियो ।

यसैगरी शनिबार राति नै खेलिएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा ब्राइटनलाई २—१ गोलले पाखा लगायो । म्यानचेस्टर युनाइटेडका लागि २७औं मिनेटमा पल पोग्बाले पेनाल्टीमार्फत पहिलो गोल गरे । ४२औं मिनेटमा मार्कुस रासफोर्डले टोलीका लागि दोस्रो गोल थपेका थिए । ब्राइटनका लागि भने एकमात्र गोल ७२औं मिनेटमा पास्कल ग्रसले गरेका थिए । समाचार अन्नपूर्ण पोष्टमा छ ।




भर्खरै