६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुआब्जाको माग गर्दै नुवाकोट बन्द आह्वान



अ+ अ-

नुवाकोट। मुआब्जाको माग गर्दै गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाअन्तर्गत प्रभावित क्षेत्रका बासिन्दाले आज नुवाकोट बन्द आह्वान गरेका छन् । बन्दका कारण नुवाकोट सदरमुकाम आउने र रसुवा जाने यातायातको साधन ठप्प भएको छ ।

बिहानदेखी बन्द कर्ताले चाचेक चोकमा टायर बल्नुका साथै यातायात चलाउन ठप्प पारेपछि ढुंगेबजार, विदुर, बट्टार, गंगटे बजार ठप्प भएको छ ।
बन्दका कारण शैक्षिकसस्था,बजार कलकारखाना लगाएतका क्षेत्रहरु बढि प्रभावित भएका छन् ।

सरकारले सडकका दायाँबायाँ पर्ने जग्गको मुआब्जा नदिएसम्म आन्दोलन जारी राख्ने समितिका संयोजक लीलानाथ न्यौपानेले बताए । विदुर नगरपालिका १, २, ४ र ५ वडावासीले सरकारसँग मुआब्जा माग गर्दै आएका छन् । पछिल्लो समय पृथ्वीराजमार्गको धादिङ गल्छी हुँदै त्रिशूली‍–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी आयोजनाले मुआब्जा नदिएको उनीहरूको आरोप छ ।

उक्त सडक खण्डमा २०३४ सालको राजपत्रमा काठमाडौँ(त्रिशूली सहायक मार्ग तोकिएको र तत्कालीन अवस्थामा सडकले दायाँबायाँ चर्चेको जग्गा सरकारको नाममा जाने भन्ने व्यवस्थाका कारण मुआब्जा दिन नमिल्ने भनेर आयोजना पन्छिएको छ ।

मुआब्जाको लागि आयोजना, स्थानीय प्रशासन र प्रधानमन्त्री कार्यालय समक्ष भन्दा पनि कतैबाट सुनुवाइ नभएपछि बाध्य भएर जिल्ला बन्द गर्नुपरेको आयोजकले जनाएको छ ।