६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको नक्सा गलत प्रयोग गरे २० हजार जरिवानाका साथै सम्पूर्ण प्रकाशन सामाग्रीहरु जफत गरिने



अ+ अ-

काठमाडौं । सञ्चार माध्यमहरुले नेपालको नक्सा गलत तरिकाले प्रयोग गर्न थालेपछि त्यसलाई रोक्न भन्दै नयाँ नियम कानुनको निर्णमान गरिएको छ ।

नापी विभागले आइतबार पत्रकार सम्मेलन गरी कुनैपनि सञ्चारमाध्यमले नेपालको नक्सा प्रकाशन तथा प्रशारण गर्नुअघि आधिकारिक हो होइन भनेर जाँचेरमात्रै प्रकाशन गर्न आग्रह गरेको छ । विभागले आभिकारीकभन्दा अन्य नक्सा प्रयोग गरे कानुनको भागिदार हुने भन्दै सबैलाई सजक रहन आग्रह गरेको हो ।

विभागले २०७४ साल असोज २ बाट नयाँ नक्सा प्रयोगमा ल्याएपनि अधिकांश मिडिया, विज्ञापन कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुले समेत उक्त नक्साको गलत प्रयोग गरिएको पाईएको हो । विभागले प्रयोगमा ल्याएको नक्साभन्दा बिपरीतका नक्सा प्रयोग गरिरहेकाले सबैले यसको बिषयमा ध्यान दिन आग्रह गरेका छन् ।

राष्ट्रियताजस्तो विषयमा सबैले अलिकति ध्यान दिनुपर्ने हो । ध्यान नदिँदा गलत सन्देश प्रवाह हुन्छ । त्यसैले हामीले बारम्बार भन्दै आएका छौँ । यदि कसैले नेपालको नक्सा प्रयोग गर्नुपर्यो भने विभागको वेवसाइटबाट निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न आग्रह गर्दछौँ’ पत्रकार सम्मेलनमा विभागका महानिर्देशक गणेश भट्टले भने ।

विभागले यसै बिषयमा आजसहित चार पटक पत्रकार सम्मेलन गरेरको भन्दै उक्त सम्मेलनमा आधिकारीक नक्सा प्रयोग गर्न आग्रह गरिएको र सवै सरकारकारी कार्यालयमा पत्र समेत पठाइएको बताएको छ । अब पनि नक्साको गलत प्रयोग गरे कारवाहीको प्रक्रियामा जाने भट्टले जनकारी दिएका छन् ।

विभागले यदि नक्साको गलत प्रयोग गरे जग्गा नापजाँच ऐन, २०१९ को दफा १२ (५) बमोजिम रु २० हजार जरिवाना हुनुका साथै सम्पूर्ण प्रकाशन सामाग्रीहरु जफत गरिने जनाएको छ ।