२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीएमसीसँग ठेक्का तोड्दै सरकार, छलफलमा आएन्न ठेकेदारका प्रतिनिधी



अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबारे छलफल गर्न इटालियन ठेकेदार कम्पनी सीएमसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउओ पोर्सेली नेतृत्वको टोली नआएको भन्दै सरकारले ठेक्का प्रकृया तोड्ने तयारी गरेको छ ।

आइतबार खानेपानी मन्त्रालयले गरेको निर्णय अनुसार सीएमसीको ठेक्का तोडेको जानकारीको लागि चिठ्ठी लेख्ने तयारी भईसकेको जनाएको छ ।

सीएमसी वित्तीय संकटमा फसेपछि उसका कर्मचारीहरु काम छोडेर हिँडेका थिए । तर, नेपाल सरकारले प्रहरीको सहयोगमा ८ जनालाई पक्राउ गरेको थियो । आफ्ना कामदार पक्राउ परेलगत्तै नयाँ वर्ष मनाएर फर्किने भन्दै सबै इटालियन दूतावासको जिम्मामा विदेश उडेका थिए ।

पटक–पटक आग्रह गर्दा पनि सीएमसी फर्किने नदेखिएपछि सरकारले एकतर्फी रुपमा ठेक्का रद्ध गरेर धरौटी जफत गर्न लागेको हो ।

हाल मेलम्ची आयोजनामा पूर्ण रुपमा काम ठप्प छ । अब सीएमसी नफर्किने लगभग निश्चित भएको खानेपानी मन्त्रालयले जनाकारी दिएको छ ।