६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नम्बर ५ गाडि खरिद काण्ड : उपसमितिले प्रतिवदेन बुझायो, कारवाहिमा आशंका



अ+ अ-

बुटवल । प्रदेश नम्बर ५ मा प्रदेशसभाका बरिष्ठ व्यक्तिहरुका लागि खरिद गरिएको गाडिमा चरम अनियमिता भएपछि छानबिन गर्न गठित टोलिले प्रतिवेदन बुझाएको छ ।

पुस २७ गते बसेको सार्वजिक लेखा समितिले गाडी खरिदका क्रममा अनयिमितता भएको भन्दै छानविनका लागि उपसमिति गठन गरेको थियो । उपसमितिले गाडी खरिदका कागजातहरू अध्ययन गरी प्रतिवदेन तयार पारेको हो ।

छानविन उपसमितिका संयोजक कुलप्रसाद पोखरेलले सार्वजनिक खरिद ऐनअनुसार नै गाडी खरिद भए पनि गाडी खरिद गर्नुको नियत गलत देखिएको बताए । उनले थप छानविनका लागि कानुनी, आर्थिक, प्राविधिक पक्ष बुझेका जानकारहरूसँग छलफल गर्नुपर्ने भएकाले सदस्य थप्नुपर्ने रायसहितको प्रतिवेदन समितिलाई बुझाएको बताए । प्रदेश ५ को लेखा समितिको बैठकले सदस्य थपको निर्णय गर्ने बताइएको छ ।

इ टेण्डरमा दुई कम्पनीले भाग लिएर गाडि खरिद गरेपनि समान गाडिमा २ करोड बराबरको फरक देखिएको थियो ।

सचिबालयले करिब ९ करोड रुपैयाँमा १३ वटा टाटा स्ट्रोम गाडी खरिद गरेको थियो । खरिद गरेको गाडी प्रदेश सभाका उपसभामुख, सात समितिका सभापति र प्रमुख प्रतिपक्षी दलका नेताले चढ्दै आएका छन् ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले प्रदेश सभाले भन्दा १ लाख ४ हजार बढी मुल्यमा सोही गाडी खरिद गरेका थियो । सो गाडीमा मन्त्री लिला गिरी, सुदर्शन बराल र आरती पौडेल चढ्दै आएका छन् ।

मन्त्रालयले ७२ लाख ९९ हजारमा खरिद गरेको थियो भने प्रदेश सभाले ७१ लाख ९५ हजारमा किनेको हो । कम्पनीबाटै एउटै भएपनि समान गाडिको मुल्यमा धेरै फरक पर्न गएको प्रति सांसदहरुले चासो राखेपछि छानबिनको प्रकिया अगाडि बढाईएको थियो ।

यो पनि

http://newspolar.com/2019/01/67112

यो पनि

http://newspolar.com/2019/01/66557