६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई घुस दिएको भन्दै एकजना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले पक्राउ गरेका व्यक्तिलाई छुटाउनका आग्रह गर्दै १० हजार घुस दिन खोज्नेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बहराइच थाना जिल्ला, मोतिपुर, बलैगाउँका ३५ वर्षीय विजय चौधरी रहेको अख्तियारले जनाएको छ ।

भन्सार छली अवैध रूपमा हार्डवयरका सामानहरु ओसारपसार गर्ने क्रममा पक्राउ परेका चार जना व्यक्तिहरूलाई हिरासतबाट छुटाउनको लागि प्रहरीलाई १० हजार घुस दिन खोजेका थिए। उनि बिरुद्ध कारबाहीको माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिनेलाई मात्र नभई दिनेलाई पनि कारबाही गर्न थालेको छ।

प्रहरीले चौधरीलाई घुस रकमसहित पक्राउ गरेको थियो। उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा ९३० बमोजिमको कसुर गरेको भन्दै आयोगले १० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।