१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई घुस दिएको भन्दै एकजना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले पक्राउ गरेका व्यक्तिलाई छुटाउनका आग्रह गर्दै १० हजार घुस दिन खोज्नेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बहराइच थाना जिल्ला, मोतिपुर, बलैगाउँका ३५ वर्षीय विजय चौधरी रहेको अख्तियारले जनाएको छ ।

भन्सार छली अवैध रूपमा हार्डवयरका सामानहरु ओसारपसार गर्ने क्रममा पक्राउ परेका चार जना व्यक्तिहरूलाई हिरासतबाट छुटाउनको लागि प्रहरीलाई १० हजार घुस दिन खोजेका थिए। उनि बिरुद्ध कारबाहीको माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिनेलाई मात्र नभई दिनेलाई पनि कारबाही गर्न थालेको छ।

प्रहरीले चौधरीलाई घुस रकमसहित पक्राउ गरेको थियो। उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा ९३० बमोजिमको कसुर गरेको भन्दै आयोगले १० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।




भर्खरै