६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक दिवसीय सिरिज खेल्ने नेपाली टोली घोषणा, को–को परे त ?



अ+ अ-

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईसँग एक दिवसीय सिरिज खेल्न १६ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।

उक्त टनेलिको कप्तानी पारस खड्काले गर्ने भएका छन् । टोलीमा पारसका अलावा उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, विनोद भण्डारी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् ।

यस्तै रोहित पौडेल, अभिनास बोहोरा, भीम सार्की, करण केसी, ललित राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी र सन्दीप जोरा टीममा परेका छन् । वैकल्पिक खेलाडीमा ललित भण्डारी, सुशान भारी र विक्रम सोब छन् ।

नेपालले यूएईसँग तीन एकदिवसीय र तीन टी–ट्वान्टी खेलको सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल माघ ११ गते हुनेछ । दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ । यस्तै टी–ट्वान्टीतर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो माघ २० गते हुनेछ ।