६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासस पूर्व कर्मचारी श्रेष्ठद्वारा सहयोग प्रदान



अ+ अ-

विराटनगर : “आफूलाई जन्मदिने आमाबुबा वृद्धहुँदा अनाथाश्रममा लानुभन्दा उहाँहरुको सेवा गर्नु सर्वोत्तम धर्म हो” भन्ने धारणा राख्नुहुने राष्ट्रिय समाचार समितिका पूर्व कर्मचारी मीना श्रेष्ठले समितिकाे विराटनगर कार्यालयलाइ पनि सहयोग गर्नुभएको छ ।

राष्ट्रिय समाचार समिति प्रदेश नं १ को कार्यालय विराटनगरमा विसं २०३३ मा सेवामा प्रवेश गरी २६ वर्ष लगातार सेवा गरेपछि अवकाश लिनुभएका विराटनगर निवासी मीना श्रेष्ठले एक थान भोल्टेज नियन्त्रक मेशिन प्रदान गर्नुभयो ।

श्री श्रेष्ठले साे सहयाेग रासस प्रदेश कार्यालय, विराटनगरका प्रमुख माेहम्मद सदरूललाइ कार्यालयमै उपस्थित भइ नगद हस्तान्तरण गर्नुभएकाे थियाे ।

पूर्व सञ्चारकर्मी श्रेष्ठले आफू राससमा प्रवेश गर्दा रु १७५ मासिक पारिश्रमिक पाउने गरेको र अवकाशको समयमा रु पाँच लाख उपदान पाएको स्मरण गर्दै आफूले काम गरिसकेकाे संस्थालाई बलियो र सुदृढ बनाउन आगामी दिनमा पनि सहयोग गर्ने बचन दिनुभयो ।

विगत १० वर्षदेखि अमेरिकामा बसोवास गर्दै आउनुभएकी श्रेष्ठले यसअघि रासस विराटनगरमा समाचार सम्प्रेषणमा सहयोग पु¥याउने उद्देश्यले एक थान इन्भरटर र रासस राजविराज कार्यालयलाई सोलार बत्ती जडान गर्नुभएको थियो ।

श्रीमती श्रेष्ठले अक्षय कोषको स्थापनामा गरी तीन वर्षदेखि मोरङ जिल्ला कार्यक्षेत्र बनाई कार्य गर्ने प्रत्येक वर्ष एक महिला सञ्चारकर्मीलाई रु ११ हजार १११ को पुरस्कार प्रदान गर्दै आउनुभएको छ । केही समयअघि विराटनगर–१० स्थित सोमबारे हटियामा एक थान चापाकाल जडान गर्नुभएको छ । उक्त चापाकलबाट सो क्षेत्रका सर्वसाधारणलाई खानेपानी सहज भएको छ ।

यसैगरी उहाँले विराटनगरमा रहेको एक वृद्धाश्रममा एक थान दूधालु गाई सहयोग गर्नुभएको छ । वृद्धाश्रमका रहेका वृद्धवृद्धाहरुको स्वास्थ्यमा सुधार होस् भन्ने हेतुले सहयोग प्रदान गर्नुभएको हाे । उहाँले यसअघि यस क्षेत्रका विभिन्न मठमन्दिरका जीर्णोद्वारमा सहयोगसमेत पु¥याउनु भएको छ ।