१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

रासस पूर्व कर्मचारी श्रेष्ठद्वारा सहयोग प्रदान

रासस पूर्व कर्मचारी श्रेष्ठद्वारा सहयोग प्रदान
अ अ+ अ-

विराटनगर : “आफूलाई जन्मदिने आमाबुबा वृद्धहुँदा अनाथाश्रममा लानुभन्दा उहाँहरुको सेवा गर्नु सर्वोत्तम धर्म हो” भन्ने धारणा राख्नुहुने राष्ट्रिय समाचार समितिका पूर्व कर्मचारी मीना श्रेष्ठले समितिकाे विराटनगर कार्यालयलाइ पनि सहयोग गर्नुभएको छ ।

राष्ट्रिय समाचार समिति प्रदेश नं १ को कार्यालय विराटनगरमा विसं २०३३ मा सेवामा प्रवेश गरी २६ वर्ष लगातार सेवा गरेपछि अवकाश लिनुभएका विराटनगर निवासी मीना श्रेष्ठले एक थान भोल्टेज नियन्त्रक मेशिन प्रदान गर्नुभयो ।

श्री श्रेष्ठले साे सहयाेग रासस प्रदेश कार्यालय, विराटनगरका प्रमुख माेहम्मद सदरूललाइ कार्यालयमै उपस्थित भइ नगद हस्तान्तरण गर्नुभएकाे थियाे ।

पूर्व सञ्चारकर्मी श्रेष्ठले आफू राससमा प्रवेश गर्दा रु १७५ मासिक पारिश्रमिक पाउने गरेको र अवकाशको समयमा रु पाँच लाख उपदान पाएको स्मरण गर्दै आफूले काम गरिसकेकाे संस्थालाई बलियो र सुदृढ बनाउन आगामी दिनमा पनि सहयोग गर्ने बचन दिनुभयो ।

विगत १० वर्षदेखि अमेरिकामा बसोवास गर्दै आउनुभएकी श्रेष्ठले यसअघि रासस विराटनगरमा समाचार सम्प्रेषणमा सहयोग पु¥याउने उद्देश्यले एक थान इन्भरटर र रासस राजविराज कार्यालयलाई सोलार बत्ती जडान गर्नुभएको थियो ।

श्रीमती श्रेष्ठले अक्षय कोषको स्थापनामा गरी तीन वर्षदेखि मोरङ जिल्ला कार्यक्षेत्र बनाई कार्य गर्ने प्रत्येक वर्ष एक महिला सञ्चारकर्मीलाई रु ११ हजार १११ को पुरस्कार प्रदान गर्दै आउनुभएको छ । केही समयअघि विराटनगर–१० स्थित सोमबारे हटियामा एक थान चापाकाल जडान गर्नुभएको छ । उक्त चापाकलबाट सो क्षेत्रका सर्वसाधारणलाई खानेपानी सहज भएको छ ।

यसैगरी उहाँले विराटनगरमा रहेको एक वृद्धाश्रममा एक थान दूधालु गाई सहयोग गर्नुभएको छ । वृद्धाश्रमका रहेका वृद्धवृद्धाहरुको स्वास्थ्यमा सुधार होस् भन्ने हेतुले सहयोग प्रदान गर्नुभएको हाे । उहाँले यसअघि यस क्षेत्रका विभिन्न मठमन्दिरका जीर्णोद्वारमा सहयोगसमेत पु¥याउनु भएको छ ।