६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच हजारभन्दा बढी डलर सटही गर्न ‘प्यान’ अनिवार्य



अ+ अ-

काठमाडाैंः नेपाल राष्ट्र बैंकले पाँच हजार भन्दा बढी अमेरिकी डलर सटही सुबिधा लिन प्यान नम्बर अनिवार्य बनाएकाे छ ।  विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ संशोधन सहितको दफा १२ ले दिएको अधिकार प्रयोग गरि आफ्नो एकीकृत परिपत्र २०७४ संशोधन गर्दै यस्तो व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । 

निर्देशनमा भनिएको छ, शिक्षा, आप्रवासन र स्वास्थ्य प्रयोजनका लागि ५ हजार अमेरिकी डलरभन्दा बढी रकम सटही गर्दा अनिवार्य रुपमा प्यान लिनुपर्ने छ । तर, यस्तो प्यान सम्बन्धित व्यक्तिको नभई उसको एकाघर परिवारका सदस्यमध्ये आमा वा बुबामध्ये कोही एक जनाको भएपनि हुनेछ ।

राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधा लिँदा सटही सुविधा माग गर्ने वा निजको एकाघर परिवारका सदस्यहरुमध्ये आमा वा बुवा कुनै एक जनाको प्यान पेस गरेमा मात्र परिवत्र्य विदेशी मुद्रा सटही दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिएको छ ।

यस्तै राष्ट्र बैंकले ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, कार्गो कुरियर एजेन्ट, होटललगायतका संस्थाहरुले विदेशबाट ‘रिप्याट्रियसन’ लिनुपर्ने रकम विदेशी मुद्रा कारोबार भएको १५ दिनभित्र अनिवार्य रुपमा ल्याइसक्नु पर्ने र सो विवरण त्रैमासक सकिएको १५ दिनभित्र राष्ट्र बैंकमा अनिवार्य पेश गर्न पनि निर्देशिकामा भनिएको छ ।